मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   
हिमालयखवर विशेष   

एनसीएनसीको नयाँ कार्यकारिणी बोर्ड अध्यक्षमा डाक्टर विकास शाक्य विजयी

एनसीएनसीको नयाँ कार्यकारिणी बोर्ड अध्यक्षमा डाक्टर विकास शाक्य विजयी


अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डमा डाक्टर विकास शाक्यको प्यानलले वर्चश्व कायम गरेको छ ।

संस्थाको सन् २०२४—२५ को नयाँ कार्यकारिणी बोर्डका लागि भएको निर्वाचनमा डाक्टर शाक्यको प्यानलले जीत हासिल गरेको हो । शाक्यले आफ्ना प्रतिस्पर्धी डाक्टर चिरञ्जीवी भट्टराईलाई १ सय ३९ मतान्तरले पछि पार्दै बोर्ड अध्यक्षमा जीत प्राप्त गरे । शाक्यले कुल ४ सय ३६ मत पाउँदा भट्टराईको पक्षमा २सय ९७ मत खसेको थियो ।

Advertisement

वरिष्ठ उपाध्यक्षमा विजयी ददिन पाण्डेले ४ सय २६ मत हासिल गर्दा उनका प्रतिस्पर्धी कुलानन्द शर्माले २ सय ९९ मत पाए । उपाध्यक्षमा जित प्राप्त गरेका नारायण लुइँटेलले ४ सय ३३ मत पाउँदा उनका प्रतिस्पर्धी रचना सुवेदी पोखरेलले २ सय ९१ मत ल्याइन । महासचिवमा विजयी कल्पना भण्डारीले ४ सय ४६ मत प्राप्त गर्दा प्रतिद्धन्दी ऋषिराम अधिकारी २ सय ६० मतमा समिति रहे । पाँच सदस्यमा प्रियान्सु नेपाल, रमेश ओली, निभिता शर्मा, कालिदाश भण्डारी र तीला धमला चौलागाई विजयी भएका छन् । अविरल वर्षासँगैको कठाङ्ग्रिदो चिसोका बाबजुद निर्वाचनमा उत्साहजनक सहभागिता रहेको थियो ।

निर्वाचनमा ७२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । सन् १९९९ मा स्थापित एनसीएनसी अमेरिकामा अत्यन्त सक्रिय नेपालीहरू आबद्ध संस्था मध्य एक हो ।

शेयर गर्नुहोस:

1.6k
Shares