मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

अमेरिकामा लेफ्ट-राइटमाथि अन्तर्क्रिया

अमेरिकामा लेफ्ट-राइटमाथि अन्तर्क्रिया


ड्यालस (टेक्सस) ।पत्रकार एवं लेखक नेत्र पन्थीको नयाँ कृति ‘लेफ्ट-राइट’ का विषयमा अमेरिकाको ड्यालसमा अन्तर्क्रिया आयोजना गरिएको छ ।

स्थानीय सञ्चारकर्मीहरुबीच आयोजना गरिएको पुस्तक अन्तर्क्रिया कार्यक्रममा लेखक पन्थीले प्रकाशनपछि प्राप्त क्रिया प्रतिक्रिया र राजनीतिक वृत्तमा सिर्जना गरेको हलचलका बारेमा जानकारी दिएका थिए । ६ सय ७० पेजको लेफ्ट(राइट पुस्तक सांग्रीला बुक्सले प्रकाशित गरेको हो । यसको मूल्य नेपालमा एकहजार एकसय ९५ रुपैयाँ र अमेरिकामा २५ डलर तोकिएको छ ।

पुस्तकमा विशेषगरि सत्तामा आएपछिका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नीति, व्यबहार, कार्यशैली, परिवारवाद, विदेश नीति जस्ता क्षेत्रमा चुकेका सन्दर्भहरुको निर्मम विवेचना गरिएको छ ।

पुस्तक प्रकाशन पछि माओवादी नेतृत्वबाट कर्के नजरले हेरिएको तर नेताहरुले आफूलाई व्यक्तिगत रुपमा प्रतिकृया दिँदा सुध्रिन सहयोग पुग्ने धारणा व्यक्त गरेको अनुभव पनि पन्थीले सुनाए ।

नयाँ पत्रिका दैनिकमा राजनीतिक सम्पादकको भूमिकामा रहेका पन्थीले ‘डिभोर्सः प्रचण्ड र बाबुरामको’, ‘माओवादीभित्र अन्तरसंघर्ष’, ‘युद्धमा प्रेम र यौन’ पुस्तकहरु प्रकाशित गरिसकेका छन् ।

आइतबारको कार्यक्रममा सञ्चारकर्मीहरुले पन्थीका पुस्तकका विविध आयामका बारेमा जिज्ञासा राखेका थिए । पुस्तकको प्रवद्र्धनका क्रममा अमेरिका आएका पन्थीले यसअघि न्यूयोर्कमा यस्तै खालको अन्तरकृया गरिसकेका छन् ।