मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

स्व. ईराको स्मृतिमा लायन्सद्वारा रक्तदान

स्व. ईराको स्मृतिमा लायन्सद्वारा रक्तदान

हिमालय खबर

शेयर गर्नुहोस:

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । स्वर्गीय ईरा आचार्यको स्मृतिमा ड्यालस एभरेष्ट लायन्स क्लबले आइतबार टेक्ससमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स क्लबकी पूर्ब अध्यक्ष आचार्यको आयोजित कार्यक्रममा २५ जनाले रक्तदान गरेको ब्लक डोनर्स एसोसिएसन अमेरिकाका केन्द्रिय उपाध्यक्ष शिव काफ्लेले जानकारी दिए । रक्तदान कार्यक्रम लायन्स क्लब, ब्लड डोनर्स अमेरिका र स्व. आचार्यको परिवारले संयुक्त रुपमा आयोजना गरेका थिए । आचार्यको चार वर्ष अघि टेक्ससमा निधन भएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका महासचिव गौरीराज जोशी, लायन्स क्बलका प्रकाश गौतम, राधाकृष्ण काफ्ले, केदार तिमिल्सिना, सूर्यनाथ भण्डारी, बिडिएका डा.नन्द रेग्मी, शिब काफ्ले, स्व. आचार्यका पति वैकुण्ठराज आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । बिडिएले आउँदो महिनादेखि हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा रक्तदान आयोजना गर्ने समेत जनाएको छ । आइतबार रक्तदान गर्ने २५ जनालाई बिडिए र लायन्सले संयुक्त रुपमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।