मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

टेक्ससमा हराएका वृद्ध भेटिए

टेक्ससमा हराएका वृद्ध भेटिए

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस । अमेरिकको फोर्टवर्थ सिटीमा सात घण्टादेखि हराइरहेका एकजना बृद्ध भेटिएका छन् ।
६६ वर्षका भुवनेश्वर साह हराएपछि स्थानीय प्रहरी विभागले सामाजीक सञ्जालबाट व्यापक रुपमा सूचना प्रवाह गरेको थियो । उनलाई सात घण्टापछि घरभन्दा केही टाढा वालमार्ट नजिकै भेटेर परिवारलाई जिम्मा लगाउने तयारी भैरहेको नेपाली समाज टेक्ससका कार्यसमिति सदस्य विजय भुसालले जानकारी दिए । डिपार्टमेन्टले जनाए अनुसार शुक्रबार साँझ साढे ४ बजेदेखि उनी हराएका थिए ।
छोरीको घरमा आएका साह साँझ टोल छिमेकमा घुम्ने क्रममा उनी हराएको समेत जनाइएको छ । उनी चाँडै बिर्सने डिमेन्सियाको बिरामी भएको र औषधी सेवन समेत गरिरहेको जनाएको छ ।

भुवनेश्वर साह भेटिएपछी प्रहरिको साथमा – (भिडियो विजय भुसालको फेसबुकबाट )https://fb.watch/oo0F3zoM76/