मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
कोलोराडो   
बिश्व घटना   

कोलोराडोमा क्रियाशील संघसंस्थाले भूकम्पपीडितलाई सहयोग गर्न ‘गो फन्ड मी’ सञ्चालन

कोलोराडोमा क्रियाशील संघसंस्थाले भूकम्पपीडितलाई सहयोग गर्न ‘गो फन्ड मी’ सञ्चालन


कोलोराडो, अमेरिका । मातृभूमि नेपालमा हालै गएको भूकम्पपीडितलाई सहयोग जुटाउन कोलोराडोमा सबै नेपाली भाषीहरूको सक्रियतामा ‘गो फन्ड मी’ खोलिएको छ ।

कोलोराडोमा क्रियाशील सबै संघसंस्थाका प्रतिनिधि, गन्यमान्य, समाजसेवी, बुद्धिजीवी पत्रकार दाता सबैको भेलाले भूकम्पपीडितलाई यथाशक्य सहयोग गर्न अपिल गर्दै संयुक्तरूपमा गो फन्ड मी सञ्चालनमा ल्याइएको हो । भेलाले संयुक्तरूपमा प्रकाशित गरेको अपिल यस प्रकार रहेको छ ।

Advertisement
ADVERTISEMENT

मातृभूमि नेपालको पश्चिम जाजरकोट जिल्ला केन्द्रविन्दु रही विशेष गरी जाजरकोट र रुकुम जिल्लामा गएको शक्तिशाली ६.४ रेक्टर स्केलको भूकम्पको कारणले ठूलो धनजनको क्षति भएको छ ।

यस भूकम्पमा परी १५३ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् भने सयौँको संख्यामा घाइते भएका छन् । त्यस क्षेत्रका धेरै परिवार घरबारबिहीन भएर चिसो आकाशमुनि रात बिताउन बाध्य भएका छन् भने थुप्रै परिवार खानेकुराको अभावमा परेका छन् ।

आफ्नो मातृभूमिमा आइपरेको यो प्राकृतिक विपद्बाट उत्पन्न पीडा हामी प्रवासमा रहेका नेपालीहरूलाई पनि उत्तिकै दुखेको छ । हामी यस भूकम्पमा परी ज्यान गुमाउने सबै दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

संकटको यस घडीमा पीडित परिवारहरूलाई सक्दो राहत प्रदान गर्न आफ्नो जन्मभूमिप्रतिको उत्तरदायित्व मात्र नभई मानवीय धर्म पनि हो ।

साथै यस प्रकारको सहयोग व्यक्ति वा संस्था एक्लै एक्लैले गर्नुभन्दा सामूहिकरुपमा गर्दा बढी प्रभावकारी हुने कुरा महसुस गर्दै कोलोराडोमा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको सहभागितामा आर्थिक सहयोग संकलन गरी पीडित परिवारहरूसम्म प्रभावकारीरुपमा पुर्‍याउन गो फन्ड मीमार्फत साहयता रकम संकलन गर्ने निर्णय गरेका छौ ।

हामी कोलोराडो साथै विश्वको विभिन्न भूभागमा रहेका सम्पूर्ण नेपाली भाषी महानुभावहरूलाई आफूले सक्दो सहयोगगरी यस भूकम्पबाट आहत भएका नेपाली दाजुभाइ दिदिबहिनीहरूको आँसु पुछ्ने तथा उनीहरूको घाऊमा मलम लगाउने यस अभियानमा सहभागी भइदिन अनुरोध गरिएको छ ।

यसरी अपिल गर्ने संघसंस्थाहरूमा नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, एनआरएनए कोलोराडो च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा, मगर संघ अमेरिका कोलोराडो च्याप्टर, दिदीबहिनी समूह कोलोराडो, तमु धिँ कोलोराडो , कोलोराडो नेवाः खल, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर, जातिभेदविरुद्ध विश्व लगायतका रहेका छन् ।

https://www.gofundme.com/f/847a4w-support-victims-of-earthquake-survivors-in-nepal

शेयर गर्नुहोस:

378
Shares