मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ड्यालस शहरमा दोश्रो पटक आर्य तारा पुजा सम्पन्न

ड्यालस शहरमा दोश्रो पटक आर्य तारा पुजा सम्पन्न

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा आर्य तारा पुजा सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले नेपाली कल्चरल एन्द स्पिरिचुअल सेन्टर संग संयुक्त रुपमा आयोजना गरेको यो तारा पुजा ड्यालस शहरमा दोश्रो पटक आयोजना भएको हो। उक्त पुजामा ५० भन्दा बढी भक्त हरुले भाग लिएको छ।

नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले हरेक दुइ बर्षमा आर्य तारा पुजा आयोजना गर्ने लक्ष्य लिएको भए पनि कोविद महामारीले गर्दा सन् २०१९ पछि यहि सनिबार दोश्रो पटक यो पुजा को आयोजना भएको हो । महायान र वज्रयान बुद्ध धर्ममा तारा पुजा को धेरै महत्व भएको हुँदा नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यो पुजाको आयोजना गरेको हो।

आर्य तारा स्वेत, हरित वर्ण गरि धेरै प्रकार को हुन्छ। त्यस मध्ये हरित तारा लाई प्रमुख ताराको रुपमा लिएको हुँदा तारा पुजा मा मुख्य रुपमा हरित ताराको पुजा गर्ने चलन छ। तारा देवीले को पुजा आराधना ले सम्पूर्ण प्राणी को दुख कस्ट को निवारण, रोग ब्यधिको हरण तथा सुख सम्ब्रिधि को प्राप्ति हुने बिश्वास गरेको छ ।

ऐशोसिएसनले यस पटक को तारा पुजा द्वारा नेपाल का भुकम्प पिडित, इस्रैल(गाजामा युद्ध पिडित समेत सम्पूर्ण मानव जातिको दुख कस्ट को निवारणको लागि आयोजना गरेको हो ।