मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालका परराष्ट्रमन्त्री साउदले बोस्टनका प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्ने

नेपालका परराष्ट्रमन्त्री साउदले बोस्टनका प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्ने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको बोस्टनवासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्ने भएका छन्। अमेरिकाको भ्रमणका क्रममा हुने उक्त साक्षात्कार कार्यक्रम, गैर आवासीय नेपाली संघ, अमेरिकाको मासाच्युसेट्स च्याप्टरको आयोजनामा हुन लागेको हो। कार्यक्रम यही नोभेम्बर २ तारिख बिहिवार 33 Massachusetts Ave,Cambridge, MA-02139 स्थित एमआइटीको १-१९० (MIT-1-190)भवनमा साँझ ५:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

एनआरएनए, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले जानकारी दिए अनुसार, साक्षात्कार कार्यक्रम एनआरएनएका जल्दाबल्दा मुद्दाहरु र समसामयिक बिषयहरुमा केन्द्रिकृत हुने छ। कार्यक्रमको बारेमा जानकारी दिदै च्याप्टर अध्यक्ष श्रेष्ठले भने, ‘मन्त्री ज्यूको अमेरिका भ्रमरणको मौका पारेर कार्यक्रम गर्न लागिएको हो। नेपालg सरकारसंग सम्बन्धित एनआरएनका प्रमुख मुद्दाहरु र अन्य समसामयिक बिषयहरुमा कार्यक्रम केन्द्रित हुनेछ।’

परराष्ट्रमन्त्री साउद कार्तिक १२ गते नै अमेरिकाको भ्रमणका लागि नेपालबाट प्रस्थान गरिसकेका छन्। उनको भ्रमणको प्रमुख उद्देश्य अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेन, संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटलगायत अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्नु रहेको छ।यसैबिच, अमेरिकामा रहेका नेपाली तथा प्रवासी नेपालीहरु आवद्ध अन्य संघ संस्थाहरुद्वारा आयोजित कार्यक्रमहरुमा पनि परराष्ट्रमन्त्री साउदको सहभागिता रहने कार्यतालिका रहेको श्रोतले जनाएको छ।