मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कला   

नेपालका चर्चित कलाकारहरुको साथमा बोस्टनमा दसैँतिहार सांगीगिक उत्सव हुँदै

नेपालका चर्चित कलाकारहरुको साथमा बोस्टनमा दसैँतिहार सांगीगिक उत्सव हुँदै

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन । नेपालीहरुको महान् चाड बडादसैँ र तिहारको अवसर पारेर अमेरिकाको बोस्टन सहरमा दसैँतिहार सांगीतिक उत्सव हुन लागेको छ । नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रम, अक्टोर २९ तारिख आइतबारका दिन 1290N Shore Rd, Revere, Boston, MA-02151 स्थित ओसियनसाइड इभेन्ट सेन्टर (Oceanside Event Center) मा हुने भएको छ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा रहेका स्थापित तथा उदयमान कलाकारहरु कालीप्रसाद बास्कोटा, इन्दिरा जोशी, अस्मिता अधिकारी र हेर्कुलेस बस्नेतले बोस्टनवासीहरुसँग साक्षात्कार गर्दै आफ्नो दमदार प्रस्तुति दिनेछन्।

कार्यक्रमको तयारी पूरा भएको र आफ्नो प्रस्तुतिका लागि कलाकारहरु बोस्टन उत्रिसकेको आयोजकले जनाएको छ। कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम आयोजक मुकुन्द इन्टरटेन्टमेन्टका प्रमुख डिजे मुकुन्द पोखरेलले भने, कार्यक्रमको तयारी पूरा भइसकेको छ। कार्यक्रमका आकर्षकहरु चारै जना बोस्टन उत्रिसकेका छन्। टिकट कनेर आफ्नो सिट सुरक्षित गर्न सबैलाई अनुरोध गर्दछु।

आयोजकका अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्कबापत अग्रिम टिकट खरिद गरेमा ४० डलर र कार्यक्रम स्थलमा खरिद गरेमा ५० डलर तिर्नुपर्ने छ। बिक्रीका लागि राखिएको टिकट भने लगभग बिक्री भइसकेको आयोजकले जनाएको छ।

डिजे पोखरेलका अनुसार, सोही अवसर पारेर बोस्टनका स्थानीय कलाकार कैजिन योङहाङ (Kaizen Yong hang) को पहिलो म्युजिक भिडियो ‘बि-टाउन (B-Town)’ पनि सार्वजनिक गरिने तयारी गरिएको छ।

नेपाली सांगीतिक क्षेत्रमा गायक, संगीतकार र रचनाकारको छवी बनाउन सफल भइ स्थापित भइसकेका बहुमुखी प्रतिभाका धनी कालिप्रसाद बास्कोटाका सुन बाटुली…, अजम्बरी लाउला पिरती, पिरतीको बर्को, साली मन पर्यो, पारी त्यो डाँडामालगायत दर्जनौं गीतहरु चर्चाको शिखरमा छन्।

नेपाली शकिराु उपनामसमेत पाएकी मोडल तथा गायिका इन्दिरा जोशीका चौबन्दी चोली, उध्रेको चोली, उकालीमा जादा, मोहनी, चिया कफी, रेलीमैलगायत दर्जनौं गीतहरुले चर्चाको शिखर चुम्न सफल भइसकेका छन्। त्यसैगरी, पछिल्लो समयमा युवा पुस्ताहरुको मन जितेर नेपाली सांगीतिक क्षेत्रको चर्चाको शिखर चड्दै गरेकी अर्की कलाकार हुन् आस्मिता अधिकारी, पेशाले स्वास्थ्यकर्मी रहेकी अधिकारीले गाएका तिम्रो मायाले बाधेर राख, ढल्केला ढल्केला, नलाएको माया, बारुली कम्मर तिमीलाई, साली मन पर्यो, त्यो जुनेली रात, मुखै चिलाउनी जस्ता गीतहरु निकै चर्चामा रहेका छन्।

त्यसैगरी, रचना, संगीत, गायन, संगीत संयोजन आदि क्षेत्रमा राम्रो दखल भएका बहुमुखी प्रतिभाका धनी हेर्कुलेस् बस्नेतका के यो माया हो ? , माया संसार‘, तिमी आयौं‘‘,म के भनु‘, भनन‘, कहाँ चुके, ‘उडुउडु लाग्छ‘, सललल‘, म को हुँ तिम्रो‘ लगायत दर्जनौं गीतहरु युवा माझ निकै चर्चामा रहेका छन्।

यतिबेला यी चारै कलाकारहरु अमेरिकाको विभिन्न सहरहरुमा आफ्नो सांगीतिक यात्राको दौडाहामा व्यस्त रहेका छन्। सोही क्रममा उनिहरु बोस्टन आइपुगेका हुन्।

खास गरी, बास्कोटा र जोशीको जोडी र अधिकारी र बस्नेतको जोडी छुट्टा छुट्टै सांगीतिक कार्यक्रम गर्दै हिडिरहेको भएतापनि, बोस्टनमा भने संयोगले चारैजना एउटै मञ्चमा उत्रिदै छन्। एउटै मञ्चमा होनहार चारै जनासंग साक्षात्कार गर्ने अवसर सदुपयोग गरेर भरपूर मनोरञ्जन लिन बोस्टनवासी प्रवासीहरु आतुर रहेका छन्। बास्कोटा र जोशीको यो सांगीतिक यात्रा अमेरिकाको लागि तेश्रो हो।

उनीहरुले यस अघि नै दुइ पटक युगल सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। तर, अधिकारी र बस्नेतका लागि भने अमेरिकामा यो युगल सांगीगिक यात्रा पहिलो हो।हालसम्म सम्पन्न सांगीतिक यात्राहरु सफल रहेको उनीहरुले प्रतिक्रिया दिएका छन्।

मुकुन्द इन्टरटेन्टमेन्ट र स्काइ इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा हुन गइरहेको दसैंतिहार सांगीतिक उत्सव कार्यक्रममा, अनेस्ट रियल इस्टेटको सहकार्य रहेको छ।