मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन नेसनल राइफल एसोसिएसन नहोस्

एनआरएन नेसनल राइफल एसोसिएसन नहोस्


उद्योग मन्त्रालयको सचिवबाट रिटायर्ड भएका भरतबहादुर थापाले शनिबार फेसबुकमा लेखे, ‘ए नारनले आफ्नो हैसियत देखाए नि ।’ अघिल्लो दिन काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनका क्रममा देखिएका उछृङ्खल क्रियाकलाप, हारेका व्यक्तिहरु जम्मा भएर संस्था फुटाएको घोषणाप्रति पूर्वसचिव थापाको व्यङ्ग्य थियो ।

लामो समय मेनस्ट्रिम पत्रकारितामा क्रियाशील सुन्दर खनालले आइतबार दिउँसो एनआरएनका गतिविधिप्रति तिखो टिप्पणी गर्दै लेखे, ‘विदेश बसेर विधि र पद्धति सिके होलान्, राजनीतिसँग सहकार्य गरे पनि लम्पसार नपर्लान, विचारमाथि व्यभिचार नगर्लान्, प्रविधि भाषा र अभिव्यक्तिमा न्यूनतम योग्यता राख्लान्, अन्तर्राष्ट्रिय जगहसाईबाट जोगिएलान् भनेर अपेक्षा गर्दागर्दैमा..।’

खनाल विगत अढाई दशकदेखि पत्रकारितामा छन् । नेपाल समाचारपत्र दैनिकदेखि लिएर नागरिक, रिपब्लिका, दी काठमाडौँ पोष्ट हुँदै अहिले आयोमेल अनलाइनमा आवद्ध छन् । केही वर्षदेखि एनआरएनका गतिविधिलाई असाध्यै नजिकबाट रिपोर्टिङ्ग गर्दै आएका छन् ।

नेपाली कांग्रेसका नेता एवं प्युठानका पूर्वसांसद डा. गोबिन्द राज पोखरेलले एनआरएनको गतिविधि प्रति चित्त नबुझेर ट्विटरमा लेखेका छन्–‘यसपालि एनआरएनए समूह आधाले त अचम्मै गरे त गाँठे । म ढुक्क भएँ जहाँ गए पनि एकपटकको नेपाली सधैँको नेपाली नै हुँदो रहेछ ।’ डा. पोखरेलले चुनावमा हारेपछि अपशब्द बोल्दै होटल सोल्टीभित्र गरिएको नारा जुलुसको भिडियो शेयर गरेका छन् ।

थापा, खनाल र डा. पोखरेल नेपाली समाजको उच्चतम प्रतिनिधित्व गर्ने पात्रहरु हुन् । तीनै जना एनआरएनसँग कुनै न कुनै गतिविधिमा प्रत्यक्ष संलग्न रहँदै आएका पनि हुन् । तर, एनआरएनएका नेतृत्व लिन रस्साकस्सी गर्ने र मतदाता भएर संसारका ८४ देशबाट नेपाल पुगेकाहरुका हर्कतले उनीहरुको गम्भीर चिन्ता र चासो देखिएको छ ।

उद्योग विभागको महानिर्देशक हुँदै सचिव भएका थापा एनआरएनएका विगतका धेरै प्लानरी सेसनहरुमा स्रोतव्यक्तिका रुपमा उपस्थित हुन्थे । यो टिप्पणीकारलाई अझै सम्झना छ होटल सोल्टीमा भएको एनआरएनएको पहिलो सम्मेलनको प्लानरी सेसनमा थापाले वैदेशिक लगानीका विषयमा स्रोतव्यक्ति भएर धारणा राखेका थिए । जतिखेर उपेन्द्र महतो, जीवा लामिछाने, रामप्रताप थापा, जुगल भुर्तेल, देवमान हिराचन लगायतका एनआरएनका जल्दाबल्दा व्यक्तिहरु थिए ।

एनआरएनएको ११ औँ सम्मेलन भर्खरै काठमाडौँमा सकिएको छ । दुर्भाग्यको विषय यो सम्मेलनले एनआरएन संस्थालाई फेरि टुक्राएको छ । नयाँ नेतृत्वका क्रममा भएको निर्वाचनका विषयमा भएको असहमति, अस्वीकार्यले यो संस्था फेरि चिरा परेको छ । दुई वर्षअघिमात्र नेतृत्व चयनकै क्रममा पूर्वअध्यक्ष शेष घलेले असहमति जनाउँदै अलग्गै संस्था खोलेका छन् । त्यो संस्था भलै सक्रिय छैन, तर बेलाबेलामा प्राण रहेको देखाइरहेको छ ।

यसपटक चुनावको परिणाम घोषणा अघिसम्म निकै सौहाद्रपूर्ण वातावरण थियो । इतिहासमै पहिलोपटक अनलाइनमार्फत डेलिगेट्स (प्रतिनिधि)हरु जहाँ जुन मुलुकमा छन् त्यहीँबाट भोट दिन पाउने व्यवस्था सुरू भएको थियो । काठमाडौँको सम्मेलनस्थलको मतदान केन्द्रमा विद्युतीय माध्यमबाट पनि पाउने व्यवस्था थियो । विद्युतीय चुनाव गर्ने जिम्मा अष्ट्रेलियन कम्पनी भेरोले लिएको थियो । भेरोलाई चुनाव गर्ने जिम्मा जिम्मा दिने निर्णय पाँच सदस्यीय समितिले गरेको थियो । यो समितिमा महेश श्रेष्ठ, आरके शर्मा, गौरीराज जोशी, डा केशव पौडेल र सुनिल साह थिए ।

चुनावी आचारसंहितामा मतदान सम्पन्न भएपछि भेरोले दिने परिणाम निर्वाचन समितिले हु–बहु प्रस्तुत गर्नुपर्ने गरि सहमति गरिएको थियो । यसै अनुसार नेपाली समय अनुसार राति साढे १२ बजेपछि भेरोले प्राप्त मतपरिणाम र विजयीको सूचि दियो । निर्वाचन समितिका अनुसार यसलाई समितिले कुनै भेरीफाइ नगरि घोषणा सभामा प्रस्तुत गर्यो । जबकी भेरोले दिएको परिणाममा उपाध्यक्षका उम्मेदवार डा। केशव पौडेलले सम्मेलनमा प्रत्यक्ष उपस्थित भएर दिनेहरुबाट प्राप्त मत शून्य देखियो । जुन तथ्य व्यबहारतः असंभव हो ।

यो विषय चर्को रुपमा उठ्यो । चुनावी परिणामकै बीचमा नाराबाजी, केही कुर्सी तोडफोड भए । गाली गलौज, अपशव्द, जिन्दाबाद र मुर्दावाद त केही वर्षदेखि एनआरएनएका पर्यायवाची शव्दनै भैसकेका छन् ।

शून्य मतका विषयमा निर्वाचन समिति समेत आश्चर्य चकित भयो । समितिले भेरोसँग तत्काल यथार्थता माग गर्ने निर्णय गर्यो । भेरोले पनि भोलीपल्टै परिणाममा कुनै तलमाथि नभएको उल्लेख गर्दै उपाध्यक्षका उम्मेदवार डा। पौडेलको पहिलो नामको अंग्रेजी अक्षर ‘भी’ र ‘बी’ बीच भएको अन्तर देखिएको जनाउँदै पौडेललाई विजयी घोषणा ग¥यो । भेरोको स्पष्ट पारिसकेपछि निर्वाचन समितिले लाश कुरे जसरी परिणाम होल्ड गरेर राखेन । जतिसक्दो चाँडो यो विषयलाई टुंगोमा पुर्याउने क्रममा शपथग्रहण गरायो ।

तर पराजित समुह यो चुनावका सबै कार्य रद्ध गरेर अर्को चुनाव गराउने दाउमा देखिन्थ्यो । सरकारी समूह पराजित भएको थियो । नेपालको सरकारी संयन्त्रलाई प्रयोग गरेर तदर्थ समिति गठन गर्ने सम्मका दाउमा पराजित समुह पुगेको चर्चा चलेपछि विजयी भनिएको समुहले एनआरएनएको कार्यालयमा पुगेर पद वहाली गर्यो ।

त्यसै साँझ होटल हिमालयमा पराजितहरुको भेलाले अध्यक्षमा पराजित आर के शर्माको अध्यक्षतामा अर्को एनआरएन गठन भएको घोषणा गरियो । आर के अर्थात राजेन्द्र कुमार शर्मा माओवादी निकट हुन् । उनलाई जिताउनका लागि मन्त्री जनार्दन शर्माले दिएको निर्देशनको भिडियो अहिले सामाजीक सञ्जालहरुमा छताछुल्ल छन् ।

शर्माको समितिमा जो व्यक्ति जुन पदमा पराजित हो, त्यही पदमा मनोनयन गरिएको छ । यसलाई नेपालदेखि लिएर विश्वभरिका नेपाली समुदायले भद्धा मजाकको संज्ञा दिँदै आलोचना गरिरहेका छन् ।

आफ्नो लागि आफैं पद बाँडेर माला र खादा लगाएका आर के शर्माका समुहले यतिखेर कहिले प्रचण्डलाई भेटेर आशिर्वाद लिँदैछन् भने घरि एनपी सावदलाई भेटेर आफूहरु आधिकारिक
भएको दलिल पेश गर्दैछन् । यो समुहले आइतबारनै अर्थमन्त्री प्रकाशशरण महतको घरमा पुगेर भेट पनि गरिसकेको छ । दशैँ बिदा परेको र सरकारी कार्यालय बन्द भएकोले नेताका घरदैलो चाहार्दै आधिकारिकताको लागि यो समुहले भीख माग्दै हिडेको जस्तो देखिएको टिप्पणी एनआरएनकै अभियन्ताहरुले गरेका छन् ।

यो माथिको त भयो पछिल्लो घटनाक्रम ।

अब सबैभन्दा चासो र चिन्ता चाही निकै गंभीर छ । पछिल्ला केही वर्षदेखि एनआरएनएका नेता भनिएका र तिनका नजिकका भनिएकाहरुले गर्दै आएका व्यबहारले प्रवासदेखि लिएर घरवाससम्म मेहनत गरेर खाने समुदायको समेत हुर्मत गएको छ । नेपाली अध्यागमनमा बसेका नेपाली कर्मचारीलाई हेप्ने व्यबहारदेखि सुरु हुने विदेशका नेपालीहरुको व्यबहार गाउँघरमा पुगेर धाक, रवाफसम्म पुग्छ । सबै एनआरएन त्यस्ता छैनन् । तर जो छन्, जसले त्यस्ता हर्कत देखाउँछन् । विदेशमा बस्ने सारालाई एउटै डालोमा हालेर हेरिन्छ । एउटा तथ्य के हो भने भारत बाहेक विदेशमा बसोबास, रोजगारीका लागि गएर ६ महिना बिताएका सबै गैर आवासीय नेपाली हुन् । तर यी सबै गैर आवासीय नेपालीहरु एनआरएनए नाम गरेको संस्थाको सदस्य छैनन् ।

पुर्ब मन्त्री रामकुमार झाँक्रीले सबै गैर आवासीय नेपालीलाई एउटै डालोमा हालेर गाली गरिन्, पेशा र व्यबसायलाई सम्मान गरिनन् भनेर आलोचना भैरहेको छ । तर के गैर आवासीय नेपालीहरुले विदेशमा सिकेको संस्कार, पद्धतीलाई मातृभूमिमा पुगेपछि अवलम्बन गरेका छन् त रु पटक्कै छैन । भएको भए हरेक दुई वर्षमा सारा नेपाललाई हँसाउने गरि भएको संस्थालाई फुटाउँदै नयाँ संस्था बनाउने तिर पक्कै कोही लाग्दैनथ्यो । एनआरएन आयो, खेद्न पर्छ भन्ने आवाज सामाजीक सञ्जालमा केही व्यक्तिहरुबाट निस्किरहेको छ । एनआरएनहरुले संस्कार, शिक्षा, पद्धती नेपालमा भित्राउलान् भनेको त, झनै मारमुङ्ग्री भैmझगडा भित्राए भन्दै नेपालका प्रवुद्ध वर्गहरुलेनै टिप्पणी गरिरहेका छन् ।

यो गंभीर चिन्ताको विषय हुँदाहुँदै पदकै लागि मरिहत्ते गर्ने, चुनाव गर्ने तर चुनावी परिणामलाई स्विकार्न नसक्ने, हरेक कार्यक्रममा झै झगडा गर्ने, बौद्धिक विषय लगानी प्रवद्र्धन भन्दा पनि नेपालले केही दिएन भनेर गुनासो आपत्ति मात्र जनाइरहने वर्ग हुन भन्ने छाप जनजनमा पुगेको छ । विगत दुई वर्ष अघि न्यूयोर्कमा एनआरएनकै कार्यक्रममा भएका मारमुङ्ग्री, युरोप, जापानमा भएका लफडाले यो संस्था प्रवासका नेपालीको एकताको लागि भन्दा पनि फुटाउनका लागि हो भन्ने छाप आम प्रवासी नेपालीहरुमा परिसकेको छ ।

उता दलका नेताहरुलाई एनआरएनको नेतृत्वमा आफ्ना मान्छेलाई जिताउन पाए मानौँ सरकार चलाउन सुविधाजनक बहुमत पुग्छ भन्ने खालको भ्रम पालेको देखिन्छ । नभए नांगिएर ‘फलानो नाम गरेको मान्छे हाम्रो हो । यसपटक माहौल राम्रो छ । सबैजना जिताउने तिर लाग्नुहोला’ भनेर उर्दी लगाउनुपर्ने जरुरीको विषयनै होइन । प्रवासमा रहेका नेपालीसँग त प्रविधिका लागि आव्हान गर्ने हो, शीपका लागि आग्रह गर्ने हो, पूँजी भित्राउनका लागि उचित वातावरण सिर्जना गरिदिने काम सरकार र राजनीतिक दलको हो ।

तर, एनआरएनका नेता भनिएकाहरु नाङ्गिएर समर्थन लिन बालुवाटार, बुढानिलकण्ठ, बालकोट पुग्ने प्रवृत्तिले संस्थामा ल्याउने भनेको यस्तै दुर्घटना शिवाय अरु केही होइन ।

एक पटक पराजित हुँदैमा दुई वर्ष कुर्न नसकेर अर्को संस्था जन्माउने एनआरएनका नेताले कस्तो संस्कार सिकेछन् विदेशमा रु यो अहिले नेपालमा सर्वाधिक चासो राखिएको प्रश्न हो । प्रवासमा रहँदा हिँड्दा अन्जालवशः ठोकिन पुग्यो भने ‘सरी’ भन्ने नेपालीहरु किन नेपाल पुगेपछि मनलाग्दी बोल्दै अराजक व्यबहार गर्छन रु प्रवासमा हरेक कृयाकलाप गर्दा सिस्टम र कानुनको हवाला दिने नेपालीहरु किन मातृभूमिमा चाँही ती कुनै व्यबहार देखाउन सक्दैनन् ?

समाजले प्रवुद्ध वर्गको दर्जा दिएका डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, प्रोफेसरहरुनै मातृभूमिमा पुगेपछि किन अराजक हुन्छन् रु के यस्तै व्यबहारले सानैमा प्रवासमा पुगेका र उतै हुर्किएका दोस्रो पुस्ता एनआएनए संस्थाप्रति आकर्षित होलान् ?

केही महिना अघि सानैमा अमेरिका आएर हाल युनिभर्सिटी अध्ययन गरिरहेका युवकलाई एउटा कार्यक्रममा भेट्दा मैले सोधेको थिएँ–‘बाबु एनआरएनएको सदस्यता लियौ ?’ उनले भने–‘अंकल यो एनआरएन भनेको नेसनल राइफल एसोसिएसन हो रु मसँग त कुनै बन्दुक, राइफल छैन । किन सदस्य बन्नु र ?’ एनआरएनएका नेताका दन्तबजान, लडाईले यो संस्था कतै अमेरिकी राइफल एसोसिएसन जस्तै नहोस् । नयाँ पुस्ताले त्यसैगरि बुझ्नुपर्ने अवस्था नआओस् ।