मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   
डिसी मेट्रो   

ट्रम्पले जेल गएर सरेन्डर गरे, प्रक्रिया पुर्‍याएर २० मिनेटपछि रिहा

ट्रम्पले जेल गएर सरेन्डर गरे, प्रक्रिया पुर्‍याएर २० मिनेटपछि रिहा


अमेरिका । चुनावमा धोकाधडीको आरोप खेपिरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एटलान्टास्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण (सरेन्डर) गरेका छन् । जेल प्रशासनले अन्य कैदीलाई गरिने प्रक्रियाअनुसार ट्रम्पको फोटो मग सट लिएको थियो ।

जेल प्रशासनले गर्ने अन्य प्रक्रिया पूरा गरेपछि ट्रम्प दुई लाख धरौटीमा करिब २० मिनेटपछि जेलबाट फर्किएका थिए । जेलमा कैदीको नम्बरसहित मग सट फोटो खिचिएको उनी पहिलो पूर्व राष्ट्रपति भएका छन् । जेलले त्यहाँ आउने कैदीको फोटो लिने गर्छ यसलाई मग सट भनिन्छ । यसबाहेक औँलाको छाप लिने लगायतका प्रक्रिया गरिन्छ ।

आफ्नै निजी विमान चढेर ट्रम्प एटलान्टा पुगेका थिए । विमानस्थलबाट मोटरकेडसहित कडा सुरक्षा दिई उनलाई प्रहरीले फुल्टन काउन्टी जेल लगेको थियो । यसबेला उनका समर्थकहरुले ट्रम्पको समर्थनमा नारा जुलुस पनि गरेका थिए । ट्रम्पले सरेन्डर गरेपछि प्रक्रियाअनुसार उनलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

आउने राष्ट्रपति चुनावमा पनि ट्रम्पले उमेदवारी दिने घोषणा गरेका छन् । अहिलेको यो जेल यात्राले उनलाई चुनावमा सहयोग पुग्ने खालका विष्लेषण पनि गरिएको छ । अमेरिका पहिलो भन्ने मान्यता राख्ने ट्रम्पका कयौँ कट्टर समर्थक छन् ।

गत राष्ट्रपति चुनावमा नतिजा आफ्नो पक्षमा पार्न धोकाधडी गर्न खोजेको आरोप उनलाई लगाइएको छ । यसबाहेक सरकारी काम कारबाहीमा बाधालगायतका अन्य आरोप पनि उनीमाथि लगाइएको छ । तर, ट्रम्पले यी आरोपमा आफू निर्दोष रहेको र राजनीतिक प्रतिशोधका प्रभावित भन्दै आएका छन् ।