मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
न्युयोर्क   
मुख्य समाचार   

बुद्धि सुवेदीद्वारा आइसीसी महासचिवमा उम्मेदवारी घोषणा

बुद्धि सुवेदीद्वारा आइसीसी महासचिवमा उम्मेदवारी घोषणा


अमेरिका– गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आइसीसी) को आगामी कार्यकालका लागि उम्मेदवार घोषणा गर्ने क्रम जारी छ। यसै सन्दर्भमा आज एक भर्च्यूअल कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसीसी), अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले महासचिवमा उम्मेदवारी घोषणा गरेकाछन्।

सुवेदीले आफ्नो सात बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। हाल नेपालमा रहेका सुवेदीले जुम मार्फत उम्मेदवारी घोषणा गरेकाछन्।

गैर आवासीय नेपाली अभियानलाई अझ सशक्त बनाउन र एनआरएनका लागि एनआरएनए बनाउने प्रतिबद्धता गरेका सुवेदीले आफू निर्वाचित भएमा सम्पूर्ण पञ्जिकृत सदस्यहरुलाई आइसीसीको चुनावमा सहभागी हुने र मतदान गर्न पाउने व्यवस्था मिलाउने घोषणा गरेकाछन्।

आफू एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा च्याप्टर अध्यक्षहरुलाई एनसीसीको बैठकमा पदेन सदस्यको हैसियतमा सहभागी हुन पाउने व्यवस्था मिलाएको स्मरण गर्दै आइसीसीमा समेत एनसीसीका अध्यक्षहरुलाई पदेन हैसियतमा सहभागी हुने व्यवस्था मिलाउने बताएकाछन्।

त्यसैगरी एनसीसीको कार्य संचालनमा थप स्वायत्तता, मध्यपूर्वमा श्रममा रहेका नेपालीहरुलाई लक्षित सामाजिक सुरक्षा, गैरआवासीय नेपाली नागरिकता प्राप्ति र वितरणमा नेपाल सरकारसंग सहकार्य लगायतका जल्दाबल्दा एजेण्डाहरुमा संसारभरका एनआरएनहरुलाई जोड्न योगदान दिने लक्ष्य राखेकाछन्।

आफू कामबाट प्रमाणित भइसकेकाले महासचिवमा निर्वाचित भएको खण्डमा गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय दायरा फाराकिलो बनाउन र गैर आवासीय नेपालीहरुको हितका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहऱ्याएका छन्।

एनआरएनए अमेरिकाको अध्यक्षपद हस्तान्तरण गरेको केही दिन पछि नै आईसीसीमा महासचिव उठ्ने चाहना वढी महत्वकांक्षी भयो कि भन्ने हिमालयखवरको प्रश्नमा सुवेदीले भने यसलाई महत्वकांक्षी होइन बरु सामाजिक संस्थामा केही गरेर देखाउने जांगरले गर्दा महासचिव उठ्न लागेको हुं ।

भर्च्यूअल कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसीसी), अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले महासचिवमा उम्मेदवारी घोषणा
भर्च्यूअल कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसीसी), अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले महासचिवमा उम्मेदवारी घोषणा

तपाई आफुलाई आईसीसीको महासचिवका लागि किन उपयुक्त देख्नुहुन्छ भन्ने अर्को प्रश्नमा सुवेदी भन्छन मैले निकै तरल अवस्थामा पनि संकटको अवस्थामा पनि एनआरएनए अमेरिकालाई नेतृत्व गरें । थुप्रै वाधा खडा गरिए मैले त्यसलाई सम्वोधन गर्न सफल भएं । यसले मलाई यो संस्थामा काम गर्न सक्छु भन्ने लागेर अगाडी वढेको हुं ।

किन महासचिवनै अरु पद पनि थिए ? सुवेदी भन्छन् पद लिए पछि काम गरेर देखाउनु पर्छ अहिले पद लिएर काम नगरेका थुप्रै छन् म त्यस्तो होइन किन महासचिवनै भन्ने प्रश्नमा अहिले मेरो अध्यक्ष बन्ने योग्यता छैन त्यसपछि अव काम गर्ने मेरा लागि उपयुक्त पद भनेकै महासचिव हो । त्यसैले पद लिनका लागि होइन केही गरेर देखाउनका लागि उक्त पदमा उम्मेदवारी दिन लागेको हुं । महासचिवमा उम्मेदवार दिने विषयमा धेरै जनासंग छलफ परामर्श गरेको वताउंदै सुवेदीले सल्लाह र सुझाव अनुसार नै उम्मेदावर वन्न लागेको वताए ।

एक पटक काम गरिसकेको पदमा रिपिट हुन उपयुक्त हुन्छ भन्नेमलाई लाग्दैन सुवेदीले भने यो समाजिक संस्था भएकाले पनि एक पटक पदमा पुगे पछि काम गरेर छाड्ने हो । काम गरेर देखाउने हो ।

अमेरिकामा मैले कसरी काम गरेको छु त्यो साथिहरुले हेर्नु भएको छ म पटक पटक युरोप पुंगे मध्येपुर्वका साथिहरुसंग छलफल गरेको छु सुवेदीले भने मेरो काम गराई देखेर साथिहरुले एक पटक तपाई आईसीसीको महत्वपुर्ण पदमा जानुपर्छ भन्नुपनि भयो त्यही भएर मैले उम्मेदावरी घोषणा गरेको हुं । धेरै साथिहरुको भनाई काम गर्न सक्ने भएकाले महत्वपुर्ण पदमा जानुपर्छ भन्ने सुझाव रह्यो ।

मलाई लाग्छ संस्थालाई अहिलेभन्दा वढी उचाईमा लाने गरी मैले काम गर्न सक्छु भन्ने मलाई लाग्छ सुवेदीले भने ।

सुवेदीले दुई बर्ष अघि एनआरएनए विश्व सम्मेलनमा सहमती जुटाउनकार्यमा सकृय पहल गरेका थिए । तर, त्यो सफल भएन ।त्यसवेला उम्मेदवार दिने जति सवै पदमा पुगे । तर, संस्था भने व्यापक तहमा आलोचित बन्यो । सुवेदीको कार्यकालमा एनआरएएनए अमेरिकाले आफ्नै स्वामित्वको कार्यालय किन्यो । तर, उनको कार्यकालमा एनआरएनए अमेरिकाको सदश्य संख्या भने निकै तल झर्यो ।

दुई वर्ष अघि जे भयो त्यो दुर्भाग्यपुर्ण भएको सुवेदीले वताए । अव यस्तो हुनुहुदैंन संस्थामा काम गर्न सक्ने मजुबत नेतृत्व आउने पर्छ प्रजातान्त्रिक प्रकृया अनुसार एनआरएनए चल्नु पर्छ उनले भने ।