हवाई- हवाईको माउई टापुमा आएको हुरिकेन डोरा र आगलागिका कारण त्यहां आपतकालिन घोषणा गरिएको छ । हुरिकेन र आगलागीले अहिलेसम्म ६ जनाले ज्यान गुमाएको स्थानिय प्रशासनले जनाएको छ । मृत्यु हुनेको संख्या अरु वढ्न सक्ने वताईएको छ । स्थानिय प्रशासनले अत्यत जरुरी वाहेक माउई नआउन सुचना जारी गरेको छ ।
त्यहां सयौं पर्यटक विचल्लीमा परेका छन् । हामीले रातभर वालमार्टको पार्किगं लटमा वितायौं होटलमा सवै समान राखेका थियौं तर, त्यहां जान सक्ने अवस्थ छैन माउईमा रहेका अमृत कट्टेलले भने । हाम्रो टोलीमा १७ जना नेपाली छौ र सवै सुरक्षित छौं, उनले हिमालयखवरलाई वताए आजै हामी अर्को टापुको सुरक्षित स्थानमा जाने तयारीमा छौं ।
हुरिकेन र आगलागीले माउई अस्तव्यस्त भएको उनले वताए । इन्टरनेट छैन, कयौं ठाउंमा विजुली गएको छ मानिसहरु ज्यान वचाउन समुन्द्रमा समेत हाम फालेको अवस्था छ उनले भने । माउईमा करिव ५० जना नेपाली वस्ने गरेको वताईन्छ । त्यहां कुनै पनि नेपाली हाताहात भएको जानकारी छैन । त्यहां स्थानिय प्रशासनले आपतकालिन सेवा वाहेक अन्य सेवा ठप्प छ । अस्पतालमा घाइतेहरुको भिड वढेको वताईएको छ । अमेरिकी सरकारले त्यहां थप उद्धारकर्मी पठाउने तयारी गरेको छ । आगलागीमा कयौं घरहरु परेका छन् ।
यो टापु पर्यटकका लागि चर्चित छ । हाना हाइवे सुन्दर ड्राइभर मध्येमा पर्छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया