मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए विश्वसम्मेलन अक्टोबर १७ देखि २० सम्म काठमाडौमा हुने

एनआरएनए विश्वसम्मेलन अक्टोबर १७ देखि २० सम्म काठमाडौमा हुने

उम्मेदवारी शुल्क घटाइयो, डेलिगेट खुला गर्ने निर्णय

हिमालयखवर संवाददाता

अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएनए) भेला तथा विश्व सम्मेलन आउने अक्टोबर १७ वाट २० तारिखमा काठमाडौमा हुने भएको छ । एनआरएनए आईसीसीको आइतवार वसेको कार्यसमिति वैठकले उक्त निर्णय गरेको हो ।

यो समय दशैंको फुलपाती र घटस्थापनाका विचमा पर्छ । यो सम्मेलनले एनआरएनएको नयां नेतृत्व पनि चयन गर्ने छ ।

वैठकले निर्वाचनमा उम्मेदवारी दिन लाग्ने शुल्क पनि घटाउने निर्णय गरेको छ । यो शुल्कमा पहिले भन्दा आधा कम गरिएको छ । यस अनुसार अव अध्यक्षका प्रत्याशीले उम्मेदवार दर्ता गर्दा ५ लाख रुपैंया तिरे पुग्छ। यस अघि यो शुल्क १० लाख थियो । यस्तै महिला उम्मेदवारलाई दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने पनि निर्णय भएको छ ।

उम्मेदवारी शुल्क घटाउंदा एनआरएनएको आम्दानी घट्ने भएकाले यसलाई घटाउन नहुने भन्ने तर्क पदाधिकारीहरुले राखेका थिए । तर, पनि घटाउनेमै निर्णय भएको बैठकका सहभागीले जानकारी दिए ।

एनआरएनएका विदेशमा रहेका संजाल एनसीसीहरुको साधारण सभा लगभग सकिएको छ । अहिले समाजिक संजाल र मिडियामा उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । उम्मेदवार दर्ता शुल्क घट्दा उम्मेदवारको संख्या वढ्ने देखिन्छ ।

एनआरएनए विधान अनुसार यस पटक एक जना मात्र अध्यक्ष र महासचिव हुने छन् । तर, यि पदका आकांक्षीहरु धेरै देखिएका छन् ,
कार्यसमिति वैठकले उक्त भेलाका प्रतिनिधि (डेलिगेट) खुला गर्ने निर्णय पनि गरेको महासचिव गौरीराज जोशीले जानकारी दिए । संघको विधान अनुसार डेलिगेट छनौट खुला गर्ने निर्णय भएको छ जोशीले भने ।

विधान अनुसार चयन हुने डेलिगेटले मात्र चुनावमा मत दिन पाउने छन् । एनसीसीको सदश्य संख्या अनुसार डेलिगेट चयन हुने छ । यस अनुसार अमेरिकावाट २०० भन्दा वढी डेलिगेट हुन पाउंछन् । यो एनसीसीले चयन गरेर आईसीसीलाई पठाउंछ ।

चुनावभने हाइब्रिड हुने भएको छ । डेलिगेटले अनलाइनवाट मत हाल्ने छन् । तर, उम्मेदवारका प्रस्ताव र समर्थक भने भेलामा उपस्थिति हुनु पर्ने छ । यस सम्वन्धि सम्पुर्ण प्रकृया निर्वाचन समितिले तय गर्ने छ ।