मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

कोलोराडोमा नेपाली जनसम्पर्क समितिको समर पिकनिक

कोलोराडोमा नेपाली जनसम्पर्क समितिको समर पिकनिक

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

270
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट, एकआपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरद्वारा आयोजना गरिएको समर पिकनिक आइतबार सम्पन्न भएको छ ।

कोलोराडोको ब्रुमफिलस्थित कम्युनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कलाकार, व्यवसायी तथा बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, केन्द्रीय सदस्य गोविन्द लम्साल, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बेनुपराज प्रसाईं, वरिष्ठ समाजसेवी पुरुर्षोत्तम पाण्डे, हेल्पिङ हेन्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, एएनए अमेरिकाका उपाध्यक्ष विनोद त्रिपाठी, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, रकी माउन्टेन्ड फ्रेन्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला, तमु धीँ कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ, प्राध्यापक तथा समाजसेवी विजयराज शर्मा, संखुवासभा अमेरिका जनसम्पर्कका संयोजक विनोद गौली, नेवा खलःका पूर्वअध्यक्ष प्रेमकाजी श्रेष्ठ, एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष वासुदेब खनाल, पूर्वअध्यक्ष कुमारजङ्ग कार्की, पत्रकारहरु सरिता गुरुङ, शिशिर भट्ट, शैलेश पोख्रल, समाजसेवी गंगा चौलागाईं, आयोजक संस्थाका पदाधिकारीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

दिउँसो ३ बजेदेखि साँझ ६ः३० बजेसम्म सञ्चालित पिकनिकमा आयोजक कमिटीले घरघरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएर ल्याई पिकनिकमा सहभागी सबैलाई निःशुल्क उपलब्ध गराएका थिए । उपस्थित दिदीबहिनी, दाजुभाइहरुले नेपाली लोकगीतमा नाचगान गरी सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।

संस्थाले सन् २०१२ देखि नेपालीहरुबीच भेटघाट र एकआपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएकोमा कोरोनाको कारण २०२० देखि २०२२ सम्म आयोजना हुन सकेको थिएन । यस वर्षदेखि पुनः आयोजना गर्न थालिएको हो । यसैगरी कार्यक्रममा हालै सम्पन्न एनआरएन कोलोराडो च्याप्टरको चुनावमा विजयी तथा कार्यक्रममा उपस्थित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।