मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
न्युयोर्क   
मुख्य समाचार   

एनआरएनए आइसिसी अध्यक्षका लागि मेरो दाबेदारी : डा केशव पौडेल

एनआरएनए आइसिसी अध्यक्षका लागि मेरो दाबेदारी : डा केशव पौडेल


अमेरिका- गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव डा केशव पौडेलले आगामी नेतृत्वका लागि आफूले दाबेदारी पेश गर्ने बताएका छन् । एनआरएनएका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा डा केशवले आफू आउने कार्यकालका लागि अध्यक्षको उम्मेदवार बन्ने संकेत गर्दै आएका हुन् ।

गत शनिवार क्यानडामा आयोजित कार्यक्रममा डा केशवले एनआरएनए अभियानमा संलग्न भएकाहरुको सल्लाह र सुझावअनुसार नै एनआरएनएको नेतृत्वमा जाने गरी उम्मेदवारी दिने सोच बनाएको बताए ।

डा पौडेलले मुख्य ३ मुद्दा लिएर आफूले उम्मेदवारी दिन लागेको जानकारी दिए । पहिलो नेपाली नागरिकताको नितन्तरताको मुद्दा दोस्रो, एनआरएनएभित्रै संस्थागत सुधार, तेस्रो विदेशमा बस्ने नेपालीका समस्याको सम्वोधन आफ्नो मुख्य एजेण्डा हुने उनले बताए ।

डा केशव पौडेल
डा केशव पौडेल

नेपालको संविधानले एनआरएनए नागरिकतालाई स्विकार गरेको छ । यो एनआरएनए अभियानको सफलता हो । तर, अमेरिका युरोप अष्टेलिया लगायतका देशमा बस्ने धेरै साथिहरुको चाहना पाएको नागरिकता निरन्तरता होस भन्ने छ । यसका लागि नेपालभित्र अझ शसक्त अभियान चलाउनु पर्ने आवश्यकता मैले देखेको छु । नागरिकताको निरन्तरताले नेपाललाई विदेशमा बस्ने नेपालीवाट अझ धेरै फाइदा पुग्छ भन्ने मलाई लाग्छ । यो सजिलो काम भने होइन यसका लागि एनआरएनए र नेतृत्व स्पष्ट र मजबुत हुनुपर्छ । यसमा मैले आफुलाई सक्षम देखेको छु पौडेलले भने । विदेशी नागरिकता लिएका नेपालीको नेपालको सम्पत्ति सम्वन्धि समस्याहरु पनि देखिएका छन् । यस्ता व्यक्तिले नेपाल भित्र जहाजमा उड्दासमेत विदेशी मुद्रामा टिकट तिर्नुपर्ने प्रावधान छ । नागरिकताको निरन्तरताले यस्ता समस्या एकै पटकमा सम्वोधन हुन्छन् । विदेशमा बस्ने नेपालीले चाहेको पनि यही हो ।

डा केशव पौडेल
डा केशव पौडेल

दोस्रो एनआरएनएलाई नै संस्थागत बनाउने हो पौडलले भने । एनआरएनए आईसीसी देखि राष्ट्रिय समन्वय परिषदसम्म विवादहरु देखिन्छ केही समस्याहरु भएर नै यस्तो भएको होला । विश्वासको कमी छ । यसको सम्वोधन भनेको  संस्थागत सुधार हो । हामी हामी विचमै नलडौ भन्ने पक्षमा म छु डा पौडेलले भने यसका लागि मजबुत नेतृत्व र संस्थागत संरचना चाहिन्छ । मेरो एनसीसी र आईसीसीमा काम गरेको अनुभवले हामी त्यो गर्न सक्छौं भन्ने मलाई लाग्छ । अहिले सर्वोच्च अदालतले अर्को एनआरएनए संस्था स्थापना गर्न सक्ने भन्ने फैसला गरेको छ । संस्थामात्र खोलेर केही हुने होइन हामीले यही एनआरएनएलाई नै मजबुत बनाउनु पर्छ । यसका लागि पनि मजबुत नेतृत्व चाहिन्छ ।

डा केशव पौडेल
डा केशव पौडेल

तेस्रो विदेशमा वस्ने नेपालीका पक्षमा गर्नु पर्ने कुराहरु थुप्रै छन् । विदेशवाट एउटा टेलिभिजन ल्याउंदा एयरपोर्ट भन्सारमा  इन्ची टेप लिएर सरकार वसेको थियो यो यसपटको वजेटवाट हट्यो । तर, अन्य थुप्रै यस्ता समस्या छन् । केही बर्ष विदेशका काम गरेर फर्किनेले दुईवटा मोवाइल फोन सेट लिएर जांदा पनि डराउनु पर्ने अवस्था छ । आफ्नै नेपालमा वनाएका गरगहना विदेशमा लिएर गई फर्किंदा सहज छैन । हाम्रा एयरपोर्टको हालत नाजुक छ । काम गरेर फर्किंदा एयरपोर्ट देखिनै सास्ती शुरु हुन्छ । अरव,मलेशिया लगायत धेरै नेपाली कामदार भएका देशका भएका नेपालका कुटनीतिक नियोगहरुले त्यहां हुने नेपालीका लागि राम्रो सेवा सुविधा दिन सकेका छैनन् । यी यस्तै थुप्रै मुद्दाहरु सशक्त रुपमा उठाउन पनि नेतृत्वका लागि दावी गरेको पौडेले वताए ।

डा केशव पौडेल
डा केशव पौडेल

आउने अक्टोवर महिनामा एनआरएनएको निर्वाचन हुदैंछ । अहिले एनआरएनए एनसीसीहरुको धमाधम अधिवेशन भईरहेको छ । यस सगैं एनआरएनए आईसीसी नेृतत्वका लागि चर्चा पनि शुरु भएको छ । यही क्रममा पौडेलले पनि आफ्नो सकृयता वढाएका छन् ।

पौडेले एनआरएनए अमेरिकामा दुई पटक अध्यक्ष भएका थिए । पेशाले चिकित्सक पौडेलले नेपाल र अमेरिकामा व्यवसायमा पनि लगानी गरेका छन् ।

नेतृत्वका लागि दावेदावर भएपनि आफु सहमती र सहकार्यमा विश्वास गर्ने पौडेलले वताए । नेतृत्व चयन एउटा प्रजातान्त्रिक प्रकृयावाट हुनुपर्छ भन्ने पक्षमा म छु यसभित्र सहमती सहकार्य र निर्वाचन तिनै पक्ष पर्छन पौडेलले भने ।