मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
न्युयोर्क   
मुख्य समाचार   

डा. बञ्जाडेले चुनाव जिते

डा. बञ्जाडेले चुनाव जिते


न्यूयोर्क (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेतृत्वका लागि भएको निर्वाचनमा डा. अर्जुन बञ्जाडे अध्यक्षमा निर्वाचित भएका छन् ।

स्वतन्त्र रूपमा हिमालयखबरले प्राप्त गरेको जानकारी अनुसार डा. बञ्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो । अर्को उम्मेदवार डिलु पराजुलीले ४ हजार ८ सय ६ मत ल्याएर उपविजेता भए ।

Advertisement
ADVERTISEMENT

एनआरएनए अमेरिकामा करिव १३ हजार ६ सय ९१ मतदाता थिए । शनिवार र आइतबार  भएको निर्वाचनमा ११ हजार दुइसय ६९ मत खसेको थियो ।

चुनावमा दुई प्यानल बनाएर चुनाव लडेको भए पनि मिश्रीत नतिजा आएको छ । वरिष्ठ उपाध्यक्षमा विकास उप्रेतीले जितेका छन् । उनले ४ हजार ९ सय ४५ हजार मत ल्याए । तर, यो पुष्टि हुन भने बाँकीनै छ । उनका प्रतिद्वन्दी अञ्जन कुमार चौलागाईले  चारहजार सातसय ३५ मत पाए ।

त्यस्तै महासचिवमा रामहरि अधिकारीले जितेको खबर प्राप्त भएको छ । अधिकारीले ५ हजार एकसय ५७ मत प्राप्त गरेर विजयी हुँदा गोपेन्द्र भट्टराइले ४ हजार चारसय ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा सरोज सिग्देल विजयी भएका छन् । सिग्देलले ४ हजार ६ सय ९४ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी अमित शर्माले चारहजार ६ सय ५४ मत पाएका छन् । कोषाध्यक्षमा ४० मतको अन्तरले सिग्देल विजयी भएका छन् ।

अन्य उम्मेदवारहरूको परिणाम प्राप्त हुनासाथ  हिमालयखबरले प्रकाशित गर्नेछ ।

शेयर गर्नुहोस:

24.7k
Shares