अमेरिका- एनआरएनए अमेरिकाकाको नयां नेतृत्वका लागि भईरहेको निर्वाचनमा शनिवार मध्येरातसम्म बजेसम्म करिव ७५ प्रतिशत मत खसेको छ । १३ हजार ६९१ मतदाता मध्ये १० हजार २३५ ले मतदान गरिसकेको निर्वाचन समितिलिे जनाएको छ । कुल मतको ७४ दशमलव ७५ प्रतिशत हो ।
टेक्ससमा कुल २ हजार ३ सय ९ मत मध्ये करिव १५ सय मत खसेको छ । अन्य राज्यमा पनि यस्तै कुल मतको ७५ प्रतिशत हाराकारीमा मत खसेको छ । मतदिने समय पुर्वीय समय अनुसार आइतवार १० वजेसम्म तोकिएको छ । अन्तिम सम्म करिव ८० प्रशितको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।
शनिवार शुरुमा अनलाइन मतपत्र मतदातासम्म पुग्न ढिलाई भएको थियो । यही कारण मतदानका अवधि दुई घण्टा थप गरिएको हो । अष्ट्रेलियको भेरो कम्पनीले यो अनलाइन मतदानको जिम्मा पाएको छ । फेसभेरिफिकेशन मार्फत मत हाल्नु पर्ने छ ।
आइतवार मतदान सकिएकपछि नतिजा सार्वजनिक गर्ने प्रकृया शुरु हुने निर्वाचन समितिले जनाएको छ । टेक्सस लगायत केही राज्यमा कम मत खसेकाले निर्वाचन नतिजा प्रभावित हुने देखिएको छ ।
प्रतिक्रिया