मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
साहित्य / कला   

भुमण्डलिकरणको युगमा नागरिकताको रटान

भुमण्डलिकरणको युगमा नागरिकताको रटान

डा . मुक्ति अर्याल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वब्यापि सन्जालमा समचार हेर्छु र सुन्छु
एक देशमा बसेर रिमोटबाटै
अर्कै देशको अफिसमा जागिर खान्छु
मेरो घरबास कहाँ हो कसैले सोध्दैन
अनि म कुन देशको नागरिक ?

मेरा भावनाहरू पोख्न
म पँधेरा जान्न गोठाला जान्न मेलापात जान्न
मेरा लेखहरू छप्न म कतैको छापखाना लान्न
विश्वब्यापि सन्जालमा म सबै राख्छु
अनि म कुन देशको नागरिक ?

मेरो पुस्तक किन्न पसल जान्न
किताब पढेर अनुसन्धान गर्न पुस्तकालय जान्न
म विद्यालय जादिन अनलाइन पढ्छु
कापिमा लेख्दिन अनलाइमा होम्वर्क गर्छु
अनि म कुन देशको नागरिक ?

म एक ठाउँमा बस्छु आफन्तहरू अर्कै देश
म एक ठाउँमा बस्छु काम गर्नै अफिस र्कै देश
म एक ठाउँमा बस्छु पैसा पठाउने अर्कै देश
म एक ठाउँमा बस्छु सन्चो बिसन्चोको चिन्ता गरिने र गर्ने अर्कै देश
अनि म कुन देशको नागरिक ?

मेरा कामहरूलाई नागरिकता चाहिएन
मेरा चाहाना पुरा गर्न सामान खरिद गर्न नागरिकता चाहिएन
मेरा लेखहरू छाप्न र पढन नागरिकता चाहिएन
न सित दैनिक फोनमा कुरा गर्न सँगौ हुन परेन नागरिकता चाहिएन
अनि म कुन देशको नागरिक ?

भुमण्डलिकरणको यो आधुनिक युगमा
शरीरको उपस्थिति नभै काम हुने जमानामा
सहजै दिउ नागरिकता हुल हुज्जत किन गर्छौ?
विश्वब्यापिकरणको यो प्रकृयामा सबै देशको मान्छे म
अनि म कुन देशको नागरिक ?