मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

नेजा–महासंघ सम्बन्ध अझै प्रगाढ हुने

नेजा–महासंघ सम्बन्ध अझै प्रगाढ हुने


शेयर गर्नुहोस:

3.2k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आगामी दिनमा नेजासँगको सहकार्य अझै प्रगाढ हुँदै जाने बताएका छन् ।

ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा भएको अन्तरकृयामा विष्टले नेपालका पत्रकारहरु बीच नेजाले विशिष्ट पहिचान स्थापना गरिसकेकोले महासंघको सम्बन्ध अझै वृहद र प्रगाढ हुँदै जाने उल्लेख गरेका हुन् । ‘नेपालका कृयाशील पत्रकारहरुका लागि सबैभन्दा ठूलो राशीको पुरस्कार प्रदान गर्ने कार्यले नेजा नेपाली पत्रकारबीच निकै छुट्टै विशिष्ट पहिचान बनेको छ’ उनले भने ।

Advertisement
ADVERTISEMENT

विष्टले अमेरिकामा रहेर सामुदायिक पत्रकारमा कृयाशील पत्रकारहरुको मुक्तकण्ठले प्रशंसा समेत गरे । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, नेपाली समाज टेक्ससका कावा अध्यक्ष जनक भण्डारी, बिडिए टेक्ससका अध्यक्ष अजय बगाले लगायतले पत्रकारहरुले दिएको योगदान बारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेजाका उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल लगायतका पदाधिकारीहरुले समेत मन्तव्य व्यक्त गरेका थिए।

शेयर गर्नुहोस:

3.2k
Shares