मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पशुपतिनाथ तथा बुद्ध मन्दिरमा, लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

पशुपतिनाथ तथा बुद्ध मन्दिरमा, लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री(१२१ पाठ) लगाउनुका साथै विशेष होम गर्ने धार्मिक कार्य सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत मे २९ तारिख सोमवारका दिन उक्त धार्मिक कार्य सम्पन्न गरिएको हो। मे २७ तारिखदेखि शुभारम्भ भएको मुख्य कार्यक्रमको तेश्रो दिन, पूर्व कार्यतालिका अनुसार नै लघुरुद्री गरिएको थियो। एकादशिनि रुद्रीको एघार पटक पुनरावृत्ति पाठ गर्नुलाई लघुरुद्री भनिन्छ। यसअघि नै, धार्मिक कार्य सम्पन्न गर्ने जिम्मेवारी सम्हालिरहेका पण्डितहरुले पशुपतिनाथ र बुद्ध मन्दिरमा नियमित पूजा पाठ गर्नुका साथै धार्मिक विधि अनुसार भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा विशेष पूजा गरेका थिए। बृहत कार्यक्रम अन्तर्गत पशुपतिनाथ मन्दिर तर्फको पूजा पाठको मुख्य जिम्मेवारी सम्हाल्दै आएका पूजा संयोजक हरिप्रसाद काफ्ले(शैव)ले सोमवार सम्पन्न कार्यक्रमको संक्षिप्त जानकारी दिए अनुसार सोमवार घृताधिवासमा रहेका भगवान पशुपतिनाथलाई अन्नाधिवास, औसध्याधिवास र पु्ष्पाधिवासमा राखिएको थियो। मे ३० तारिखमा भगवानलाई बस्त्राधिवास र सैय्याधिवासका लागि अनुरोध गरिने छ।

सोमवारको कार्यक्रम निकै उत्साहजनक, गर्विलो, प्रभावकारी र फलदायी भएको जिकीर गर्दै काफ्लेले भने,’ कार्यक्रम निकै उत्साहजनक र गर्व गर्न लायक रह्यो। सारमा भन्नु पर्दा सोमवारको कार्यक्रम निकै प्रभावकारी र फलदायी भयो।’

कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेकोमा हर्ष व्यक्त गर्दै उनले भने, ‘चुम्बकमा फलाम घोटिरह्यो भने त्यो फलामले पनि चुम्बकको काम गर्न थाल्छ। त्यस्तै झल्को देखियो साोमवारको कार्यक्रममा। बोस्टन सप्ताहको झल्को दिने गरी नेपाली समुदायले कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग दिनुका साथै सक्रिय सहभागिता जनाइरहेका छन्। जो अत्यन्त कदरयोग्य छ। त्यसका लागि नमन गर्न चाहन्छु।’

पशुपतिनाथ मन्दिरतर्फका पूजा संयोजक काफ्लेका अनुसार सोही दिन मन्दिरको बाहिरपट्टीको प्राङ्गणमा हिन्दू धार्मिक विधि अनुसार विशेष होम गर्ने कार्य पनि सम्पन्न गरिएको थियो।

कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागी भएका श्रद्धालु भक्तजनहरुले मन्त्रमुग्ध भएर पूजा, पाठ, ध्यान, जप, आराधन गर्दै धार्मिक कार्यमा सक्रिय सहभागिता जनाएका थिए। यसै सिलसिलामा भजन कीर्तन टोलीले भजन कीर्तन गरेका थिए। भने, श्रद्धालु भक्तजनहरुले पनि मन खोलेर नाँच्दै गाउदै भजन कीर्तन टोलीलाई साथ दिएका थिए। साँझ पख दैनिक गरिने आरती सम्पन्न गरिएको थियो।र, अन्तमा भगवान गौतम बुद्धलाई श्रध्दाका साथ स्मरण गर्दै ५ मिनट ध्यान गरेर २९ तारिखको कार्यक्रमलाई बिट मारिएको थियो।

४ दिने बृहत धार्मिक तथा सामाजिक कार्यक्रमको अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन, पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न गर्ने गरि कार्यक्रम तालिका बनाइएको छ। त्यसैगरी, सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिनेछ ।र, साँझ भजन कीर्तनसहित उत्सव मनाउदै खुशीयाली साटासाट गर्ने योजना रहेको आयोजकले जनाएको छ।