मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

बुद्ध जयन्तिमा रक्तदान

बुद्ध जयन्तिमा रक्तदान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । ब्लड डोनर्स एसोसिएसन अफ अमेरिका टेक्सस च्याप्टरको संयोजनमा गत आइतबार बुद्ध जयन्तिका अवसरमा एकै दिन दुई रक्तदान कार्यक्रम सम्पन्न भएका छन् ।

दुई रक्तदान कार्यक्रमबाट ४३ पिन्ट रक्त संकलन भएको बिडिएका अजय बगालेले जानकारी दिए । लुम्बिनी समाज टेक्सस तथा बिडिएको संयुक्त आयोजनामा भएको कार्यक्रममा १८ पिन्ट रक्त संकलन भएको थियो । त्यस्तै तामाङ्ग सोसाइटी टेक्सस र बिडिएको आयोजनामा भएको अर्को कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

बिडिएले रक्तदानका बारेमा जनचेननामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै हरेक महिना रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । आउँदो महिनादेखि हरेक महिना रक्दान कार्यक्रम आयोजना गर्ने तयारी समेत बिडिएले गरेको छ ।

कार्यक्रममा तामाङ्ग सोसाइटका अध्यक्ष सूर्य मोक्तान तामांग, सचिव राजन लामा, लुम्बिनी सेवा समाजका अध्यक्ष गगदीश न्यौपाने र सचिव युधिष्ठिर नेपाल लगायतकाको सकृय सहभागिता थियो ।