मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   
मनोरञ्जन   

सिएनएसको पिकनिकमा हेमन्त शर्माको साङ्गीतिक प्रस्तुति

सिएनएसको पिकनिकमा हेमन्त शर्माको साङ्गीतिक प्रस्तुति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन टेक्सस

सृजनशील नेपाली समाज (सिएनएस) ले बृहत्तर ह्युस्टनको साइप्रस क्षेत्रमा बहुउद्देशीय सामुदायिक केन्द्रनिर्माण गर्ने उद्देश्यले हालसालै खरिद गरेको जमीनमा हिजो एक सामूहिक बनभोज एवं सांस्कृतिक कार्यक्रमकोआयोजना गरेको थियो।

सिएनएसले नेपाली समुदायको सहयोगमा करिब एकड जमिन किनेको हो। आफ्नै जमीनमा नयाँ वर्षको अवसरमा पिकनिक एवं नेपाली गायक हेमन्त शर्माको एकल साङ्गीतिक कार्यक्रमको आयोजना गरेको सिएनएसले ह्युस्टन वरपरका सबै नेपालीहरुलाई निःशुल्क सहभागिताका लागि अनुरोध गरेको थियो।

करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको जमीनलाई सम्याउने लगायतको काम सकाएर सिनएएसले हिजो आइतवार पिकनिक कार्यक्रमको आयोजना गरेको हो। करिब पाँच सय जति नेपालीहरु सहभागी भएको अनुमान गरिएको पिकनिक कार्यक्रममा गायक हेमन्त शर्माले आफ्ना चर्चित गीतहरु माया साह्रै महँगो, थाप थाप हातैमा, मायाको चिनो मायालु, माया यस्तो होस्, मूल हौ भने रसाइदेउ, फूल हौ भने वसाइदेउ लगायतका दर्जनौं गीतहरु गाएर पिकनिकका सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए। दर्शकको बीचमै पुगेर गाउँदै नाच्दैनचाउँदै गरेका गायक शर्माले आफ्ना गीतमा घण्टौं नेपाली फ्यानहरुलाई नचाउन सफल भएकाथिए। सिएनएसले भर्खर सम्याएर तयार पारेको खुल्ला जमीनमा तातो घामको पर्वाह नगरेर सयौंयुवायुवतीहरु शर्माको गीतमा रमाउँदै नाचेका थिए।

सप्ताहन्तमा नेपाली गायकहरुका चर्चित गीत सुन्दै बिदा मनाउन पाउनु प्रवासमा बस्ने नेपालीहरुको लागि संयोगको कुरा हो।मोवाइल टिभी सेटहरुमा मात्र सिमित गीतहरु आफ्नै अगाडिलाइभसुन्न पाउनु कम्ति रमाइलो कुरा होइन।पिकनिक संगै साङ्गीतिक मज्जाको व्यवस्था मिलाएकोमा सिएनएसका व्यवस्थापकहरुप्रति सहभागीहरु खुसी देखिन्थे।

प्रवासमा नेपालीहरुलाई एकै ठाउँमा जम्मा गर्ने भनेकै यस्तै सामुदायिक साङ्गीतिक एवं साँकृतिक गतिविधिहरुले हो भन्ने बुझेका प्रवासी नेपालीका संस्थाहरुले नेपाली कलाकारहरुको सहभागितामा विविध कार्यक्रमहरु गर्दै आइरहेकाछन्।

गत दुई हप्ता भित्र मात्र नेपाली नयाँ वर्षको छेको पारेर ह्युस्टनमा १९७४ व्याण्डका फिरोज स्याङदेन, लोकगायक मिलन लामा, अहिलेको पुस्ताले सर्वाधिक रुचाएको गायक प्रकाश सपुतले आफ्ना साङ्गीतिकप्रस्तुति दिइसकेका छन्। ह्युस्टनका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको सबै साङ्गीतिक कार्यक्रममा नेपाली कलाकारहरुले आफ्ना नयाँ चर्चित गीतहरु गाएर नेपाली दर्शकहरुलाई मनोरञ्जन दिएका थिए।

आफन्त साथीभाइहरुको साथमा नेपाली परिकारहरु खाँदै आफूले मन पराएको कलाकारहरुको लाइभप्रस्तुति सुन्न/देख्न पाउनुको मज्जा कार्यक्रमस्थलमा पुगेपछि मात्र थाहा लाग्छ”, हिजोको सिनएसको पिकनिक एवं आफ्नो साङ्गीतिक कार्यक्रममा सहभागी एक नेपालीले हिमालय खबरलाई सुनाए।

पिकनिकमा भेटिएका दुई महिना अघि छोराबुहारी भेट्न नेपाल दाङबाट आएका एकजना वयस्कलाई एकै ठाउँमा कैयन जिल्लाका नेपालीहरु भेट्न पाउँदा अति खुसी लागेको रहेछ। उनी भन्दै थिए— “आएको केही दिनएकदम नरमाइलो लाग्यो, नेपाली बोल्न, नेपालीसंग भेट्न नपाउँदा निकै छट्पटी जस्तै भएको थियो। केही अघिपशुपति मन्दिरमा भएको होली पर्वको कार्यक्रममा गइयो, नेपालमा भन्दा पनि रमाइलोसंग होली खेलियो। एकैठाउँमा यति धेरै जिल्लाका नेपालीलाई कहिल्यै भेटिएको थिएन। यताका नेपाली संस्थाहरुले गर्ने यस्तासार्वजनिक कार्यक्रमहरुले हामीजस्ता नेपालबाट भर्खरै आएकाहरुलाई धेरै सजिलो बनाइदिएको छ।

साइप्रसको नेपाली समुदायको वस्तिबाट नजिकै रहेको प्रस्तावित बहुउद्देशीय सामुदायिक केन्द्रको वरिपरिकरिब दुई सय जति नेपालीहरुको घर रहेको सिनएसका पदाधिकारीहरु बताउँछन्।नेपाली समुदायको बढ्दोउपस्थितिले नै सिएनएसलाई बहुउद्देशीय सामुदायिक केन्द्र स्थापनाका लागि घच्घच्याएको हो”, सिनएसका सतिश त्रिपाठीले हिमालय खबरलाई बताए।

बहुउद्देशीय सामुदायिक केन्द्र स्थापनाका लागि सक्रिय सिनएसका पूर्व वर्तमान पदाधिकारीहरु उमापति भुसाल, गंगा शर्मा, घनश्याम अर्याल, अन्जु अर्याल, सतिश त्रिपाठी, देवेन्द्र शर्मा लगायतका दर्जनौं युवा स्वयंसेवकहरु पिकनिकमा आएकाहरुलाई सहयोग गर्न खटिइरहेका देखिन्थे भने ह्युस्टनका अन्य नेपाली संघसंस्थाका पदाधिकारीहरु पनि सिनएसको कार्यक्रमलाई सघाइरहेका भेटिए।