मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

नेपाली समुदायद्वारा पशुपति मन्दिरमा रक्तदान

नेपाली समुदायद्वारा पशुपति मन्दिरमा रक्तदान

ज्योति घिमिरेले गरे ७० औं पटक रक्तदान

हिमालय खबर

शेयर गर्नुहोस:

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस

नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजना गल्फकोष्ट रिजनल ब्लड सेन्टर, ह्युस्टनको सहयोगमा हिजो आइतवार, अप्रिल ३० का दिन रिचमण्ड स्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। २५ जना रक्तदाताहरुले रक्तदान गरेको उक्त रक्तदानमा पाँचजना नयाँ रक्तदाताहरुले पहिलो पटक रक्तदान गरेको एनएएचकी रक्तदान कार्यक्रम संयोजक मेनुका कार्कीले हिमालयखबरलाई जानकारी गराएकीछन्।

गल्फकोष्ट रिजनल ब्लड सेन्टरसंग मिलेर २०१२ देखि रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको एनएएचले वर्षमा दुईपटक रक्तदान कार्यक्रम आयोजन गर्ने गर्दछ।

पूर्व अध्यक्ष घिमिरेद्वारा ७० औं पटक रक्तदान

कतिपय दम्पतिहरुले संगसंगै रक्तदान गरेका थिए भने हिजोको रक्तदान कार्यक्रममा एनएचका पूर्व अध्यक्षज्योति घिमिरेले ७० औं पटक रक्तदान गरेका थिए। नेपालमा हुँदादेखि नै रक्तदानमा सहभागी हुँदै आइरहेकाघिमिरे रक्तदान गरेर कैयन व्यक्तिहरुका जीवन बचाउने अभियानमा सरिक हुन पाएकोमा निकै खुसी लाग्नेबताउँछन्। उनकै सक्रियतामा १३ वर्ष अघि एनएएचले रक्तदान कार्यक्रम शुरुवात गरेको हो। स्वास्थ्यले साथदिउन्जेल रक्तदानलाई निरन्तरता दिइरहने घिमिरेले आफूले रक्तदान गरेको पटक बढाउनका लागि होइन, रगतअभावले जीवन जाने खतरामा भएकाहरुको जीवन बचाउन रक्तदान गर्ने गरेको विचार व्यक्त गर्दछन्।

 

यसैगरी नेपालदेखि नै रक्तदान गर्दै आइरहेका एनएएचका अर्का पूर्व अध्यक्ष मधुकर अमात्य पनि संभव भएसम्मएनएएचको रक्तदान कार्यक्रममा सहभागी हुन छुट्दैनन्। एनएएचले उनकै कार्यकालमा रक्तदान कार्यक्रमशुरुवात गरेको हो।

तस्विरः सुजन पण्डित तथा एनएएच