मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससमा पहिलोपटक सीता जयन्ती मनाइयो

टेक्ससमा पहिलोपटक सीता जयन्ती मनाइयो


शेयर गर्नुहोस:

7.9k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । ड्यालसमा पहिलोपटक सीता जयन्ती मनाइएको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार सीता जयन्ती मनाइएको हो ।

वैशाख शुक्ल नवमीको दिनलाई हिन्दु धर्मावलम्बीहरुले सीता जयन्तीका रुपमा मनाउने गरेका छन् । नेपालको जनकपुरधाममा जन्मिएकी सीताको विवाह अयोध्याका राजकुमार रामसँग भएको थियो । सीता रामायणकी प्रमुख पात्र हुन् ।

युलेसको नयाँ मन्दिरमा शुक्रबार आयोजना गरिएको विशेष कार्यक्रममा सिद्धबाबा प्रतिष्ठानमा आबद्ध वासुदेव भण्डारी, बिमला भण्डारी, कपिल अधिकारी, डा. मेघनाथ पराजुली, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेललगायत दर्जनौँ भक्तजनहरुको सहभागिता थियो ।

यस वर्षदेखि सधैँभरि हरेक वर्ष वैशाख शुक्ल नवमीलाई सीता जयन्तीका रुपमा मनाउने निर्णय गरिएको समाजसेवी वासुदेव भण्डारीले जानकारी दिए ।

शेयर गर्नुहोस:

7.9k
Shares