मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फ्लाई दुवईको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण नगरी गन्तव्यतर्फ लाग्यो

फ्लाई दुवईको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण नगरी गन्तव्यतर्फ लाग्यो


काठमाडौँ । काठमाडौँबाट दुवई उडेको फ्लाई दुवईको जहाजको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गर्ने तयारी गरिएको छ ।

उड्नेबित्तिकै अस्वाभाविक आवाज आएपछि विमानलाई पुनः अवतरण गराउन लागिएको हो । उडेको केहीबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई जानकारी गराइसकेका छन् ।  तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।

यसैबीच, पर्यटनमन्त्री सुजन किराँतीले यसवारेमा जानकारी दिँदै जहाज अवतरणका लागि सुरक्षित गन्तव्य स्थानमा जाँदै गरेको सामाजिक सञ्जालमा लेखेका छन् । जहाजमा १६२ जना यात्रु रहेको जनाइएको छ । फेसबुक स्टाटसमार्फत उनले ‘शुभ यात्रा’को शुभकामना पनि दिएका छन् ।

बोइङ कम्पनीको ७३७ उक्त जहाज काठमाडौँबाट दुवईका लागि उडेको थियो । काठमाडौँ विमानस्थलवाट उड्नेबित्तिकै जहाजको इन्जिनमा आगो लागेको थियो ।

जहाज उडेको रुटमा जहाजमा आगो लागेको कयौँले देखेका थिए । ठूलो आवाज पनि सुनेको स्थानीयले बताएका छन् । आगो लाग्दै जहाज उडेको तस्बिर सामाजिक सञ्जालहरुमा पनि राखिएको छ । जहाजले नेपालको आकाशमा केहीबेर चक्कर पनि लगाएको थियो ।

क्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । उडान ट्याक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा ९ः५८ बजे यो विमान कपिलवस्तुको आकाशमा देखिएको छ ।

सो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिँदै काठमाडौँ अवतरण गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको थियो । तर, जहाजले ‘आफ्ना सबै प्यारामिटर नर्मल’ अवस्थामा रहेको भन्दै गन्तव्यतर्फ लागेपछि अन्य जहाजहरु अवतरण गराइएको थियो ।