मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपालको अर्थतन्त्र संकटग्रस्त छैनः सेजन अध्यक्ष बराल

नेपालको अर्थतन्त्र संकटग्रस्त छैनः सेजन अध्यक्ष बराल


ड्यालस (अमेरिका) । अमेरिका भ्रमणमा रहेका नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष जनार्दन बरालले नेपालको राजश्व संकलनमा गिरावट आएपनि अर्थतन्त्र संकटग्रस्त भने नभएको उल्लेख गरेका छन् ।

आइतबार अमेरिकाको ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको संक्षिप्त स्वागत कार्यक्रममा अध्यक्ष बरालले अर्थतन्त्र मन्दीमा समेत नगैसकेको चर्चा गर्दै राजश्व संकलन र रकमान्तरको समस्या भने देखिएको बताए । ‘यतिखेर सरकारले लोकप्रियताको लागि भन्दा पनि अर्थतन्त्रका लागि दह्रो निर्णय लिनुपर्ने बेला आएको छ । डिल्लीराज खनालको प्रतिवेदन कार्यान्वयनको उपयुक्त समय यही हो’ उनले भने ।

बैदेशिक लगानीको लगानीको प्रतिफल नेपालमा अहिले पनि विश्वका अन्य देशको तुलनामा उच्च रहेको चर्चा गर्दै बरालले लगानीको वातावरण बनाउन सरकारले कडा निर्णय लिनुपर्ने देखिएको बताए ।

नेजाका अध्यक्ष विकासराज न्यौपानको सभापतित्वमा भएको कार्यक्रममा नेजा सल्लाहाकार एवं नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य सञ्जय घिमिरे, शैलेशराज आचार्य, सौरभ ढकाल, बाबुराम दाहाल, विनय देवकोटा, रामचन्द्र भट्ट, सुर्य थापा, एनआरएन आइसिसी सदस्य नारायण कँडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्सस च्याप्टरका पुर्ब अध्यक्ष कपिल अधिकारी नेजा महासचिव सुरज भण्डारी लगायतले नेपालको अर्थतन्त्रका विविध पक्षमाथि बरालसँग जिज्ञासा राखेका थिए ।

अमेरिका भ्रमणमा रहेका बरालले नेजा र सेजनबीच सहकार्य गरेर अघि बढ्ने प्रस्ताव समेत त्यस अवसरमा राखेका थिए।