वासिङ्गन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् ।
राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिकरूपमा आफ्नो अभियान सुरू गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको द वासिङ्गन पोस्टले उल्लेख गरेको छ ।
द वासिङ्गन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनीका सहयोगीहरूले मङ्गलबार बाइडेनको सन् २०२० अभियान सुरूवातको चार वर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले महिनौँदेखि आफू दोस्रो कार्यकालको लागि उमेदवार हुने योजनाको सङ्केत गरेका छन् तर आधिकारिक घोषणा भने गरेका छैनन् ।
राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडको लागि व्यापक तयारी गरेका छन् । त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि व्हाइट हाउस निवासमा नियमित भेटघाटहरू गर्दैछन् ।
बाइडेनका दुई शीर्ष सल्लाहकारहरू, अनिता डन र जेन ओमाली डिलनले पुनः निर्वाचन प्रयासहरूको निरीक्षण गर्दै आएका छन् । शीर्ष भूमिकाका लागि कर्मचारीहरूको अन्तर्वार्तासहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन् ।
उता डेमोक्र्याटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई आर्थिक सहयोग गरिरहेको छ । एएनआई
प्रतिक्रिया