टेक्सस (अमेरिका)। टेक्ससको युलेस सहरमा बस्दै आएका बलराम (विशाल) ज्ञवालीको अप्रिल १६, २०२३ मा निधन भएको छ । ४१ वर्षीय ज्ञवालीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । अप्रिल ५, १९८१ मा गुल्मी जिल्ला रुरु गाउपालिकामा जन्मिएका ज्ञवाली विगत ५ वर्षदेखि अमेरिमा बस्दै आएका थिए । स्वर्गीय ज्ञवालीका श्रीमती र एक छोरी छन् ।
ज्ञवाली मिलनसार र सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए । उनको निधनले अहिले परिवार र समाज स्तब्ध छ । आफ्नो जीवनको अभिभावक गुमाउनुपर्दा उनकी श्रीमती समिता शर्मा र छोरी स्तुति पीडामा रहेका छन् । घरपरिवारको पालनपोषणदेखी सबै आर्थिक कारोबार स्व. ज्ञवालीकै भरोसामा रहेको बताउँदै उनकी श्रीमतीले अब जीवनयापनदेखि छोरीको भविश्यका लागि आर्थिक समस्या रहेको बताएकी छन् ।
यो पीडाको घडीमा सानो आर्थिक सहयोग भएमा केही हदसम्म भए पनि आर्थिक भारसँग जुध्नका लागि आफू र छोरीका लागि ठूलो राहत हुने स्वर्गीय ज्ञवालीकी श्रीमतीले बताएकी छन् ।
स्वर्गीय ज्ञवालीको दाहसंस्कार कार्यक्रम अप्रिल १९, २०२३ बुधबार दिनको १:०० बजेदेखि ३:०० बजेसम्म रहेको छ । दाहसंस्कार Hughes Family Tribute Center (9700 Webb Chapel Rd, Dallas, TX 75220) हुने बताइएको छ ।
स्वर्गीय ज्ञवालीको परिवारलाई आर्थिक सहयोग गर्नका लागि गोफन्डमी एकाउन्ट खोलिएको छ । यहाँको सानो सहयोगले स्वर्गीय ज्ञवालीको परिवारमा ठूलो सहयोग पुग्नेछ ।
https://gofund.me/b5f63edc लिंकमा गई स्वर्गीय ज्ञवालीको परिवारलाई सहयोग गर्न सकिन्छ ।
प्रतिक्रिया