मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   
साहित्य / कला   

समभोक अमेरिकामा पनि उपलव्ध हुँदै

समभोक अमेरिकामा पनि उपलव्ध हुँदै


ड्यालस (टेक्सस) । मुलतः लेखक शिवप्रकास अमेरिका बस्छन् । तर हिजोआज उनको बसाई आधा अमेरिका, आधा नेपाल हुन थालेको छ । यसपटक नेपाल बसाईको क्रममा शिवले एउटा उपलव्धी बाहिर ल्याए । समभोक नामको उपन्यासको प्रकाशन नेपालबाट भयो । समभोक प्रकाशन र केही महिनाको पुस्तक परिचर्चा टुर सिध्याएर भरखरै अमेरिका आइपुगेका छन् ।

मानिसका उमेर अनुसार, परिवेश अनुसारका भोकहरु अलग हुन्छन् । तिनलाई समयमै व्यबस्थापन गर्न कसरी जरुरी छ भन्ने कुरालाई आफूले समभोक मार्फत बाहिर ल्याएको लेखकले उल्लेख गरे । छोटो समयमै दोस्रो संस्करण प्रकाशित भैसकेको समेत उनले जानकारी दिए ।

पाँच वर्ष अघि घागी कृति सार्वजनिक गरेर चर्चामा आएका शिवप्रकासले त्यतिबेला उक्त पुस्तक बिक्रीबाट संकलित रकम दुईलाख ५७ हजार रुपैयाँ महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका थिए । यसपटक समभोकबाट प्राप्त रकम नेपालका सडक बालबालिकाहरुको उद्धार र व्यबस्थापनमा खर्च गरिने जनाएका छन् ।

अमेरिकामा समभोकलाई एमाजन मार्फत बिक्री गर्ने तयारीमा लेखक लागेका छन् । यसको मूल्य १५ डलर राखिएको छ ।

लेखकका अनुसार उपन्यासको परिवेश अनि पात्र अमेरिका र नेपालका हुन् । तर यो विदेशिएका नेपालीहरुको अन्तरपाटो हो । समभोकले विदेशिन वाध्य नेपालीको मानसिक र यौनिक पाटोको अथः र इतिलाई उतार्ने प्रयास गरेको छ । ‘युनिभर्सल कन्टेन्ट’ लेखिएको उपन्यास हो समभोक । जसमा पात्र नेपाली छन् । परिवारबाट टाढा रहेका मानिसले भोग्नु परेका समस्या र समाधानलाई कथाले समेटेको छ ।

लेखकका अनुसार समभोकले भोक, भोग र सम्भोगलाई फरक किसिमले बुझ्न र बुझाउँन मदत गर्छ । मूलतः भोक, भोग र सम्भोगको सम्बन्ध शरीरसँग मात्र छैन भन्ने रहस्यप्रति दार्शनिक दृष्टि राखेको छ ।

अन्य उपन्यासभन्दा फरक विषय, पात्र, परिवेश र कथामा लेखिएको समभोकलाई समीक्षकहरूले ‘दार्शनिक उचाइको एक उपन्यास’ पनि भनेका छन् । अमेरिकाको आप्रवासी साहित्यमा ‘समभोक’ एक आयाम हुन सक्ने छ ।

‘साहित्य लेखेर पनि मातृभूमि नेपाललाई सहयोग गर्न सकिन्छ भन्ने कुरामा मलाई विश्वास छ । मेरो अघिल्लो पुस्तकले त्यो विश्वासलाई यथार्थमा परिणत पनि गरेको छ । साहित्य र समावसेवा जोड्ने मेरो प्रयास पनि हो’ उनले भने ।