मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   

सानफ्रान्सिस्कोमा नेपाली युवा मृत भेटिए

सानफ्रान्सिस्कोमा नेपाली युवा मृत भेटिए


अमेरिका- अमेरिकाको सानफ्रान्सिस्कोमा  एक नेपाली शनिवार मृत फेला गरेका छन् । उनी सानफ्रान्सिस्को डाउन टाउन स्थित ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा असमान्य अवस्थामा मृत भेटिएका हुन् । मृतक पोखरा बाटुलेचौर घरभएका सुरेश बाँनिया रहेको स्थानीय नेपालीहरूले जानकारी दिएका छन् ।

करिब २८ बर्षका बानिया रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत थिए । उनको आम्दानी पनि राम्रो थियो । उनी सात बर्ष अघि अमेरिका आएको बताईएको छ । उनी अविवाहित थिए ।

केही समयदेखि उनले मानसिक समस्याको उपचार गर्दै आएको स्थानीयले जानकारी दिए । शनिवार साँझ अपार्टमेण्टमा बस्नेहरुले उनलाई असमान्य अवस्थामा देखेपछि आपतकालिन नम्बर ९११ मा फोन गरेका थिए । त्यसपछि प्रहरीले पोष्टमार्टमका लागि उनलाई अस्पताल लिएर गएको थियो ।

त्यहाँ उनको असमान्य मृत्यु भएकाले उनीसँग चिनजान भएकाले पोखरा स्थित उनको परिवारलाई खबर गरेका थिए । उनका बुवा लगायत परिवारबाट छोराको शव नेपाल पठाइदिन आग्रह गरेको स्थानीय ध्रुव कुँवरले हिमालयखवरलाई जानकारी दिए । यसका लागि समुदायमा छलफल भईरहेको छ ।

केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो । मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको थियो । त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए ।