मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अमेरिकामा ऋण लिन थप महंगो पर्ने

अमेरिकामा ऋण लिन थप महंगो पर्ने


अमेरिका- अमेरिकामा ऋण लिन पहिले भन्दा अझ महंगो पर्ने भएको छ । अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले वुधवार आधारभुत ब्याजदर चौथाई (शुन्य दशमलव २५) विन्दुले बढाएको छ । यसैले अव क्रेडिट कार्ड वा घर गाडी, व्यवसायका लागि ऋण लिदां पहिले भन्दा वढी व्याजदर लाग्ने छ ।

अमेरिकामा हाल कायम उपभोक्ता वस्तुको उच्च मूल्यलाई नियन्त्रण गर्न ब्याजदर बृद्धि गरिएको फेडरल रिजर्भले दावी गरेको छ । यस्तै अमेरिका र त्यसपछि युरोपको बैंकिगं क्षेत्रमा आएको संकट टार्न पनि ब्याजदर बृद्धि गरिएको वताईएको छ । केही दिन अघि अमेरिकाका केही बैंक टाट पल्टिएका थिए । युरोपमा पनि एउटा बैंक संकटमा परेको थियो ।

ब्याजदरमा यसरी लगातार बृद्धि गरिएको यो नबौं पटक हो । अव फेडरल रिजर्भले बैंकलाई उपलव्ध गराउने पैसाको व्याजदर अव ४ दशमलव ७५ देखि ५ प्रतिशत सम्म हुने छ । यो सन् २००७ यताकै सवैभन्दा उच्च हो । वित्तीय संस्थाहरुले यसमा केही प्रतिशत थपेर ग्राहकलाई ऋण प्रदान गर्छन ।

यसले गर्दा घर किन्न वा व्यवसाय गर्न थप ब्याजभार पर्ने छ ।

यो ब्याजदर बृद्धिले घर किन्नहरु हत्तोत्साहित हुने छन् । यस्तै व्यवसाय गर्न पनि खर्च वढ्ने छ । यी असरले अमेरिकाको अर्थतन्त्रमा सुस्तता आउने विश्लेषण गरिएको छ । बेरोजगारी दर बढ्न सक्छ ।

शेयर बजारमा भने व्याजदर बृद्धिको मिश्रित प्रभाव परेको छ । फेडरल रिभर्जको यो निर्णय आएसंगै शेयर बजार केही घटन थालेको थियो ।