मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

चन्द्रागिरी हिल्समा कैलास सिरोहियाको शेयर लगानी छैन

चन्द्रागिरी हिल्समा कैलास सिरोहियाको शेयर लगानी छैन

हिमालय खबर

शेयर गर्नुहोस:

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- कान्तिपुर मिडिया हाउसका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलास सिरोहियाको नाममा चन्द्रागिरी हिल्स लिमिटेडमा कुनै शेयर लगानी नरहेको त्यहांको उच्च व्यवस्थापन निकटले जानकारी दिएका छन् ।

कैलास सिरोहिया र उनको परिवारको नाममा हाम्रो कम्पनीमा अहिलेसम्म कुनै शेयर लगानी छैन चन्द्रागिरीको उच्च व्यवस्थापनले हिमालयखवरलाई भन्यो, यद्यपी हाम्रो पव्लिक लिमिटेड कम्पनी हो शेयर बजारवाट जसले पनि चन्द्रागिरीको शेयर किन्न सक्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा सार्वजनिक रुपमा कैलास सिरोहियालाई चन्द्रागिरीको शेयर लिएको, पैसा खाएको आरोप लगाएका थिए । उक्त आरोपको सिरोहियाले खण्डन गरेका थिए । सिरोहियाले विज्ञप्तिमा भनेका थिए चन्द्रागिरिमा मेरो वा मेरो परिवारका कुनै सदश्यको कहिल्लै एक कित्ता पनि सेयर थिएन छैन लामिछानेले झुटो आरोप लगाएकामा म घोर आपत्ति प्रकट गर्दछु ।

चन्द्रागिरि आईएमई समुह, भाटभटेनी समुह र वेलायत वस्ने गैर आवासिय नेपाली लगानीमा खुलेको थियो । पछि चन्द्रागिरीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो । यो पव्लिक लिमिटेड कम्पनी भएकाले त्यहां कसको कति शेयर छ हेर्ने मिल्छ ।

सिरोहियाको आपत्ति प्रति लामिछानेले भने आफ्नो भनाई सही हो भनेर पुष्टि गर्न सकेका छैनन । कान्तिपुर मिडिया हाउस देशकै सवैभन्दा ठुला मिडिया हाउस हो । त्यहां झण्डै एक हजार जनाले रोजगारी पाएका छन् । मिडिया वाहेक सिरोहियाले बैंक, बिमा होटल लगायतका क्षेत्रमा शेयर लगानी गरेका छन् । ति व्यवसायीक कम्पनीको व्यवस्थापनमा भने सिरोहियाको कुनै भुमिका छैन ।

यस्तो छ सिरोहियाको विज्ञप्ति