मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आचार्यको नेतृत्वमा प्रनेम म्यासाच्युसेट्स राज्य समिति गठन

आचार्यको नेतृत्वमा प्रनेम म्यासाच्युसेट्स राज्य समिति गठन


अमेरिका । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा गत फ्रेबुअरी ५ तारिखका दिन प्रवासी नेपाली मञ्च (प्रनेम) मासाच्युसेट्सले आयोजना गरेको बिस्तारित बैठकले भीष्म आचार्यको नेतृत्वमा सर्वसम्मतरुपमा मासाच्युसेट्स राज्य समिति गठन गरेको छ।

निवर्तमान अध्यक्ष प्रतीक सुवेदीको अध्यक्षमा सम्पन्न विस्तारित बैठकले उपाध्यक्ष पदमा नवराज जमरकट्टेल र सचिव पदमा ज्ञानेश्वर तिवारीलाई चयन गरेको छ। निवर्तमान अध्यक्ष सुवेदीले दिएको जानकारीअनुसार विस्तारित बैठकले दीपेन्द्र सुवेदी, वसन्त पराजुली, रिना थापा र दामोदर उप्रेतीलाई नयाँ गठित मासाच्युसेट्स राज्य समितिको सदस्य पदमा चयन गरेको छ।

बैठकलाई प्रवासी नेपाली मञ्च अमेरिकाज महादेशीय समितिका उपाध्यक्ष बुद्धबज्र लामा, प्रवासी नेपाली मञ्च, अमेरिकाका उपाध्यक्ष भीम ओली, सदस्य मीना खतिवडा, म्यासाचुसेट्स राज्य समितिका पूर्वअध्यक्ष राजकुमार थापा, गैरआवासीय नेपाली संघ, अमेरिका (एनआरएनए)को म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङ, ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसी)का उपाध्यक्ष सुनिल नेपालीलगायतले बैठकलाई सम्बोधन गर्दै नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

विस्तारित बैठकमा प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय सदस्यहरु प्रचण्ड श्रेष्ठ, अजय कुशवाह, गैरआवासीय नेपाली संघ (एनआरएन) म्यासाच्युसेट्सकी सहसचिव सलोनी भण्डारी, सदस्य समुन्द्र श्रेष्ठ, कलाकार सुशील गौतमलगायतको उपस्थिति रहेको थियो ।