मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
मुख्य समाचार   

टर्की र सिरियामा भुकम्पवाट मृत्यु हुनेको संख्या भण्डै ५ हजार पुग्यो्

टर्की र सिरियामा भुकम्पवाट मृत्यु हुनेको संख्या भण्डै ५ हजार पुग्यो्

करिव ८० पराकम्पन


तस्बिर: सामाजिक संजाल

टर्की र सिरियामा सोमवार सवेरै आएको भुकम्पमा मृत्यु हुनेको संख्या झण्डै ५ हजार पुगेको छ । स्थानिय अधिकारीहरुले झण्डै ४ हजार ३ सयको मृत्यु भईसकेको पुष्टि गरेका छन् ।

यो भुकम्पमा मृत्यु र घाइते हुनेको संख्या अझै वढ्ने वताईएको छ ।

तस्बिर: सामाजिक संजाल
तस्बिर: सामाजिक संजाल

सोमवार विहानै टर्की र सिरिया सिमा क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो । त्यस पछि पराकम्पन आईरहेका छन् । यो त्यस क्षेत्रमा आएको अहिलेसम्मकै सवैभन्दा शक्तिशाली भुकम्प भएको वताईएको छ ।

यो भुकम्पका कारण अहिलेनै करिव ४० लाख नागरिकलाई राहत आवश्यक भईसकेको वताईएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको संस्था युनिसेफले भुकम्प र त्यसपछिका पराकम्पनले हज्जारौं घर भत्किएको जनाएको छ । करिव ६ हजार घर भत्किएको जनाईएको छ । भुकम्पपछि ४ रेक्टरस्केल भन्दा वढीका झण्डै ८० वटा पराकम्पन गएको वताईएको छ ।

तस्बिर: सामाजिक संजाल

त्यहां उद्दार र बचाउ कार्य भईरहेको छ । टर्की र सिरियाले उद्धार र प्रभावितको पुर्नस्थापनाका लागि अन्तराष्ट्रिय जगतसंग सहयोगको आग्रह गरेको छन् । अमेरिका, जापान, युरोपेली देश, रसिया, अरब देश लगायत विश्वका कयौं देशले उद्धारकर्मी र राहत पठाएका छन् ।

अमेरिकाका राष्ट्रपति जो वाइडेनले टर्कीका सकमक्षीलाई टेलिफोन गरी अमेरिका भुकम्प प्रभावितलाई राहत र सहयोगका लागि तयार भएको वताएका छन् ।

चिसो मौसमका कारण पनि राहत र उद्धारका लागि समस्या परेको वताईएको छ। एजेन्सी

तस्बिर: सामाजिक संजाल
तस्बिर: सामाजिक संजाल