मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   
मुख्य समाचार   

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष

नेपाली समुदायसँग सहकार्य बढाउने कूटनीति


हिमालयखवर विशेष संवाददाता-
नेपालमा अमेरिकाको चर्चा जताततै हुन्छ । तर, अमेरिकाको राजधानी वासिंटन डिसीमा भने नेपालले खासै सुनिदैंन । डिसीमा साना ठुला सवै देशका कुटनीति नियोगहरु छन् । सवैसंग अमेरिका सम्पर्कमा रहन्छ । त्यही अनुसार नेपाल पनि पर्छ । यहां नेपाल प्रति अमेरिकाले गर्ने व्यवहारमा कुनै फरक छैन । डिसीमा वस्दा नेपालमा अमेरिकावारेमा सुनिने चर्चा हावा लाग्छन् ।

नेपाली र अमेरिकी सेना विच भने नियमित सम्पर्कहरु भईरहने गरेको छ । केही समय यता ह्वाईट हाउस प्रशासनले पनि नेपाललाई सकरात्मक रुपमा लिन थालेको संकेतहरु देखिन्छ ।

यसै साता अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया न्यूल्याण्डले नेपाल भ्रमण गरिन् । उक्त भ्रमणले उनले नेपालका राजनीतिक नेता र उच्च पदाधिकारीसंग भेटघाट गरिन । त्यसपछि नेपालमा आयोजित पत्रकार सम्मेलनमा न्यूल्याण्डले नेपाललाई आउने पांच बर्ष भित्र सहयोग परियोजनाको अर्को कदम अन्तर्गत १ अर्ब अमेरिकी डलर प्रदान गर्न अमेरिका तयार रहेको वताईन । यो नेपाली रुपैंयामा झण्डै १३० अर्व हुन्छ ।

अर्को उनले नेपालमा अमेरिकी लगानीकर्ताका लागि लगानीमैत्री वातावरण वनाउन आग्रह गरेको गरिन् । यदी उपयुक्त वातावरण पाए धेरै अमेरिकीहरु नेपालमा लगानी गर्न इच्छुक छन, उनले भनिन् ।

धेरै बर्ष अघि अमेरिकाका कोडाक र कोलगेट कम्पनी नेपालमा लगानीको उपयुक्त वातावरण नभएको भन्दै फर्किएका थिए । यसपछि अमेरिकावाट खासै ठुलो लगानी गएको छैन । कर्णाली नदिमा विजुली निकाल्न इनरोन जान खोजेको थियो पछि उक्त कम्पनीनै टाट उल्टियो ।

उपविदेशमन्त्री न्यूल्याण्डको उपयुक्त वातावरण भए अमेरिकी लगानीकर्ता नेपाल जान चाहान्छन् भन्ने भनाई विगतमा पनि भनिदै सुनिंदै आएको जस्तो नियमित हो कि होइन भन्ने स्पष्ट छैन । को र कुन क्षेत्रमा अमेरिकी लगानीकर्ता नेपाल जान इच्छुक छन् त्यो पनि उनले वताईनन् ।

तर, उनले भनेका यी दुवै पक्ष आर्थिक मन्दीका रहेको नेपालका लागि भने उत्साह थप गर्ने खालका हुन् ।

यस महिना अमेरिकावाट अर्को उच्चस्तरीय भ्रमण पनि हुदैं छ । अमेरिकी सहयोग नियोग युएसआईडीका प्रमुख नेपाल भ्रमणमा जाने कार्यक्रम छ । अमेरिकी सहयोग नियोगले ८० बर्ष देखि नेपाललाई सहयोग प्रदान गर्दै आएको छ ।

अमेरिकाले यहां वस्ने नेपाली समुदायसंग औपचारिक रुपमा सम्पर्क वढाउंदै नयां कुटनीतिक अभ्यास पनि शुरु गरेको छ । केही महिना अघि ह्वाइट हाउसका वरिष्ठ अधिकारले टेक्सस डलासमा नेपाली समुदायसंग खुलेर छलफल गरेका थिए । यो सम्पर्क निरन्तर छ ।

ह्वाईट हाउस प्रशासनसंग नियमित सम्पर्क रहेका एक नेपाली भन्छन् नेपालसंग जोडिएका विकास योजना र कुटनीतिक सम्वन्धमा यहां वस्ने नेपाली समुदायलाई पनि जोडर लैजान चाहेको छ ।

ति नेपालका अनुसार अमेरिकाको सहयोग रहेका विकास योजनामा अमेरिका वस्ने नेपालीलाई पनि सहभागी गराउने र अन्य भुमिका पनि दिन सक्ने ह्वाइट हाउसका वरिष्ठ अधिकारीले वताएका छन् ।

तिमीहरु नेपालमा बढ्यौ, त्यहांको वातावरणलाई राम्रोसंग वुझेका छौं अमेरिकाले गर्ने विकास योजना र कुटनीतिक सम्वन्धमा तिमीको भुमिकाले राम्रो हुन्छ, हामी यसरी जान तयार छौ अमेरिकी अधिकारीको भनाई उदृत गर्दै ति नेपालीले हिमालयखवरलाई भने ।

अमेरिकामा करिव ४ लाख नेपाली समुदायको बसोवास छ । करिव १ लाखले यहांको नागरिकता लिएको अनुमान छ । भारत वाहेक नेपाल वाहिर सवैभन्दा वढी नेपालीले स्थायी बसोबास गरेको देश अमेरिका हो । नेपाली समुदायले अमेरिकामा पनि व्यवसायमा ठुलो लगानी रहेका छन् । अमेरिकामा आर्थिक रुपमा सकृय नेपालीको संख्या बढ्दो छ ।

यसै बर्ष नेपाल अमेरिकाले कुटनीतिक सम्वन्धको ७५ बर्ष मनाउंदै छ । बेलायतपछि नेपालले कुटनीतिक सम्वन्ध राखेको दोस्रो देश अमेरिका हो । यस अवसरमा केही कार्यक्रमहरु पनि हुदैं छन् । नेपालमा औलो नियन्त्रण, वातावरण संरक्षण, परिवार नियोजन , स्वास्थ्य, शिक्षा क्षेत्रमा अमेरिकी सहयोगले निकै फाइदा पुगेको छ ।