मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

नेपाल अमेरिका पत्रकार संघको अधिवेशन ह्युष्टनमा हुने, समुदायसंग अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघको अधिवेशन ह्युष्टनमा हुने, समुदायसंग अन्तरक्रिया

नेजाले आठौं अधिवेशन ह्युष्टनलाई रोजेकोमा ह्युस्टन नेपाली समुदायले नेजालाई धन्यवाद


नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आसन्न साधारणसभा तथा अधिवेशन हुने निर्णय भएसंगै नेजाले टेक्ससको सबभन्दा ठूलो सहर ह्युष्टनका नेपाली समुदायका अगुवाहरुसंग गत शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोछ । नेजाको आठौं अधिवेशन तथा १६ औं साधारण सभा टेक्ससको ह्युष्टनमा मे महिनाको २० र २१ मा आयोजना हुँदैछ ।

ह्युष्टनमा साधारणसभा तथा अधिवेशन गर्ने निर्णय भएसंगै नेजाले अधिवेशन आयोजना हुने सहरका नेपाली संघ-संस्थाहरुको नेतृत्वमा रहेका सामुदायिक अगुवाहरु सहित स्थानीय व्यवसायीहरुसंग प्रारम्भिक छलफलको आयोजना गरेको हो । सो अवसरमा सहभागिहरुले नेजाको अधिवेशन तथा साधारणसभा सफल पार्नका लागि समुदायवाट आवश्यक पर्ने जुन सुकै प्रकारको सहयोग रहने प्रतिवद्वता व्यक्त गरेका थिए ।

नेजाले अधिवेशन गर्नका लागि ह्युष्टनलाई रोजेकोमा समेत ह्युस्टनका नेपाली समुदायले नेजालाई धन्यवाद दिएको थियो ।

नेजाका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रियामा नेप्लिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष रविन श्रेष्ठ, पूर्व अध्यक्ष डा. विष्णु नेपाल, संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ,, उपाध्यक्ष दोर्ण गौंतम, ग्रेटर ह्युष्टन नेपाली च्याम्बर अफ कमर्शका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, व्यवसायी एवं पर्यटनदुत जगदीश काफ्ले, एनआरएनए टेक्सस च्याप्टर उपाध्यक्ष गंगा शर्मा, गुल्मी समाज ह्युष्टनका अध्यक्ष लक्ष्मण भण्डारी, उपाध्यक्ष रामकृष्ण सापकोटा, नेप्लिज हेरिटेज युनियनका सचिव झंक कुँवर, अन्तराष्ट्रिय नेपाली साहित्य समाज ह्युष्टनका अध्यक्ष सतिश त्रिपाठी, व्यवसायी बच्चा तिवारी, बाबुराम ज्ञवाली लगायतले नेजाको अधिवेशन आयोजनाका सन्दर्भमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

नेजाका क्षेत्रीय संयोजक सुजन पण्डितको संयोजनमा भएको कार्यक्रममा संघका मानार्थ सदस्य तारा बराल, महासचिव सुरज भण्डारी, कार्यसमिति सदस्य तथा प्रकाशन उपसमितिका संयोजक बाबुराम दाहाल, पूर्व कोषाध्यक्ष बिटु केसी, पत्रकार विनय देवकोटा लगायतले नेजाको अधिवेशन, प्रयास स्मारिका तथा र पत्रकारिता संग सम्बन्धित विषयमा धारणा राखेका थिए ।