मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए संकट

एनआरएनए संकट

न डलर खाता सफल भयो, न डेभलपमेण्ट फण्डनै जुट्यो


अर्थमन्त्री विष्णु पौडेललाई भेट्दा

अमेरिका-विदेशमा वस्ने नेपालीलाई प्रतिनिधित्व गर्ने दावी गर्दै स्थापना भएको गैर आवासिय नेपाली संघ (एनआरएनए)ले अगाडी वढाएको एनआरएनए डेभलपमेण्ट फण्ड र विदेशमा वस्ने नेपालीका लागि ल्याईएको डलर खाता दुवै असफल हुदैं गएको छ ।

एनआरएनए भित्रै चरम विवाद, लगानी कोष संचालनका लागि पर्याप्त कानुनको अभाव, एनआरएनए नेतृत्व प्रतिको अविश्वास लगायतका कारणले यी दुवै योजना उद्देश्य अनुसार अगाडी वढ्न नसकेका हुन् ।

हालै एनआरएनए पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई भेट्दा पनि यी दुवै योजना सफल नभएको विषय उठाएका थिए । एनआरएनएका तिन जना मध्ये एन जना अध्यक्ष डा बद्री केसीले कानुनी झण्झटले विदेशमा बस्ने नेपालीलाई कोषका वारेमा वुझाउन नसकिएको हुदां आशा गरिए अनुसार लगानी जुट्न नसकेको वताएका थिए ।

विदेशमा बस्ने नेपालीसंग पैसा जुटाएर नेपालमा व्यवसायीक लगानी गर्ने उद्देश्यले ३ बर्ष अघि एनआरएनएले १० अर्व रुपैंयाको डेभलपमेण्ट फण्ड वनाउने प्रकृया टुंगो लागेको थियो । यो कोषमा सरकारले पनि ५० करोड हाल्ने सम्झौता भएको थियो ।

अध्यक्ष केसीका अनुसार उक्त कोषमा अहिलेसम्म जम्मा ३५ करोड रुपैंया मात्र उठेको छ । शुरुमा त १० अर्ब रुपैंया होइन १०० अर्व उठाउन सकिन्छ भन्ने सम्मको दावी गरिएको थियो ।

कोषमा पैसा राखेर शेयर लिने प्रतिवद्धता धेरैले जनाए पनि त्यस अनुसार पुंजी भने भुक्तानी गरेका छैनन । यो कोषलाई व्यवस्थित संचालनका लागि केही कानुन आवश्यक पर्छ । सरकारले यो पनि ल्याएको छैन । सरकारले हाल्ने भनेको ५० करोड रुपैंया पनि दिएको छैन ।

यो कोष कार्यान्वयनमा आएपछि एनआरएनएमा चरम विवाद आयो । अहिले संस्थामा दुई चिरा परेको छ । उक्त कोषका एक जना संचालक अर्को तिर पुगेका छन् ।

विदेशमा वस्ने नेपालीहरुमा पनि यो कोषका वारेमा कुनै चासो छैन । अहिले नेपालमा यसरी लगानी गर्ने भन्दा पनि विदेशमा थुप्रै क्षेत्रमा त्यहां वस्ने नेपालीले लगानी गरेका छन् । अमेरिकाको शेयर बजारमा समेत नेपालीको अरर्बौ लगानी भईसकेको छ ।
नेपालमा अमेरिकी डलरको संचिती वढाउन डलर खाता खोल्न आव्हान गर्दै प्रचार प्रसार गरिएको थियो । तर, विदेशमा बस्ने नेपालीलाई डलर खाता खोल्ने झण्झट भने यथावत थिए । विदेशमा वस्ने नेपालीले किन नेपालका बैंकमा डलर खाता खोल्छन भन्ने स्पष्ट नभई हचुवाका भरमा एनआरएनए यसमा संलग्न भएको थियो । राष्ट्र बैंक गभर्नर, तत्कालिन अर्थमन्त्री र अथसचिवलाई ल्याएर जुम वैठक पनि भयो । तर, उपलव्धि शुन्य ।

तपाईलाई थाहा छदै छ नि विदेशमा वस्ने नेपालीको अवस्था, कसले नेपालमा डलर खाता खोल्छ, खाली मन्त्रीले भनेर प्रचारमा सहभागी भएको हो, यो हुने कुरानै होइन एउटा अनौपचारिक कुराकानीमा तत्कालिन अर्थसचिवले यस्तो टिप्पणी गरेका थिए ।
विदेशमा बस्ने नेपालीले व्यक्तिगत रुपमा नेपालमा अरर्बो लगानी गरेका छन् । केही नाम चलेका एनआरएनए अगुवाहरुले लगानी गरेका केही महत्वकांक्षी व्यवसायिक परियोजना नोक्सानमा जान पनि थालेका छन् ।

यसै विच अहिले काठमाडौमा एनआरएनएका पदाधिकारीहरुले नयां वनेको सरकारका प्रधानमन्त्री, अर्थमन्त्री, गृह मन्त्री, श्रम मन्त्री लगायतसंग भेटेका छन् । उनीहरुले नेपालमा लगानी गर्न झन्झट भयो भन्ने कुरा राखेका छन् । तर, कहां किन कुन लगानीमा झन्झट भयो के कानुन बनाउनु पर्ने हो यसको अध्ययन गरेर दिन भने सकेका छैनन् ।