मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

६८ यात्रु र चार चालक दलसहित ७२ जना सवार यती एयरलायन्सको विमान दुर्घटना

६८ यात्रु र चार चालक दलसहित ७२ जना सवार यती एयरलायन्सको विमान दुर्घटना


काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोंचमा यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ३० जनाको शव अस्पतालमा पुर्‍याइएको छ । 
 
सुरक्षाकर्मीहरुले दुर्घटनास्थलबाट ३० जनाको शव निकालेर पोखरास्थित गण्डकी अस्पतालमा पठाएका हुन् । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।
 
दुर्घटनास्थल सेतीको खोंचमा ३४ जनाको शरीर देखिएको छ । सेतीको खोंचमा देखिएकाहरुलाई उद्धार गर्ने प्रयास भइरहेको कास्कीका एसपी अजय केसीले बताए । उनले भने– ‘कठिन भूगोलका कारण उद्धार गर्न त्यति सहज छैन, झोलामार्फत खोंचमा देखिएकाहरुलाई माथि ल्याउने प्रयास गरिरहेका छौँ ।’ विमान दुर्घटना भएको खोच आसपासमा ठूलो बस्ती छ । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्य सवार थिए ।
 
दुर्घटनापछि मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । दुर्घटनाबारे मृतक र घाइतेका परिवारलाई आधिकारिक सूचना दिन कल सेन्टर स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पार्थिव शरीर बुझ्न र लैजान सहजीकरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
 
यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु
पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ थिए । 
 
साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले थिए । 
 
त्यसैगरी उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना सवारी थिए । 
 
अन्य यात्रीमा  सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए । 
 
विमानमा पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए । साथै आयरल्याण्डका एक जना, अष्ट्रेलियाका एक, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जना १५ जना विदेशी यात्रु सवार थिए ।  विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो,  रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे थिए ।  
 
साथै, शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा थिए भने बाँकी दुईजना शिशुहरुको नाम खुलेको छैन ।