मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्युस्टनमा नेपालीहरुको पिकनिक (फोटो फिचर )

ह्युस्टनमा नेपालीहरुको पिकनिक (फोटो फिचर )


शेयर गर्नुहोस:

16.1k
Shares

  • change font
  • change font
  • change font

ह्युस्टनह्युस्टनका नेपालीहरुले हिजो एक बृहत पिकनिकको आयोजना गरेकाछन्। बृहत्तर ह्युस्टनमा विभिन्न खेलकूद गतिविधि गरिरहेका युवाहरुको अगुवाईमा पहिलो पटक भएको निःशुल्क पिकनिक कार्यक्रममा करिब पाँचसय नेपालीहरुको सहभागिता रहेको आयोजकहरुले जनाएका छन्। मैत्रीपूर्ण भलिबल, फुटबल खेल, राफल चिठ्ठा लगायतका मनोरन्जनात्मक क्रियाकलापहरु समेत समावेश भएको पिकनिक कार्यक्रममा बालबालिकाहरुका लागि समेत प्रतियोगितात्मक फुटबल (सकर) खेल आयोजना गरिएको थियो। 
 
पशुपति मन्दिर (हिमालयन कल्चरल सेन्टर) परिशरमा रहेको पिकनिक पेभिलियनमा विविध नेपाली परिकारहरु पकाएर आयोजकहरुले करिब पाँचसय सहभागीहरुलाई खुवाएका थिए। दर्जनौं स्वयंसेवीहरुले खाना तयार पार्न सहयोग पुऱ्याएका थिए। 
 
ग्रेटर ह्युस्टन नेपाली स्पोर्ट्स ग्रुपका नाममा आयोजित पिकनिक आयोजना र व्यवस्थापनमा ह्युस्टनका नेपाली संस्थाहरु नेप्लिज एशोसियसन अफ ह्युस्टन, गुल्मी समाज ह्युस्टन, ग्रेटर नेप्लिज चेम्वर अफ कमर्स, सृजनशील नेपाली समाज, अन्तर्राष्ट्रिय साहित्य समाज र नेप्लिज हेरिटेज युनियनका सदस्यहरुले सघाएका थिए।

तस्बिरः तारा बराल, सुजन पण्डित

 

शेयर गर्नुहोस:

16.1k
Shares