मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औँ साधारण सभा, दुई दर्जन पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औँ साधारण सभा, दुई दर्जन पत्रकार सम्मानित


नेपालगञ्ज । नेपालगन्जमा नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औँ साधारण सभा सम्पन्न भएको छ । जहाँ दुई दर्जन पत्रकार र विभिन्न व्यक्तित्वहरुलाई विभिन्न विधाम सम्मान एवम् पुरस्कार प्रदान गरिएको छ ।
 
कोभिड महामारीमा पत्रकारहरुलाई स्वास्थ्य सेवा एवम् परामर्श प्रदान गरेका छाती तथा फोक्सो रोग विशेषज्ञ डा. सुभाष योगीलाई सम्मान गरिएको छ । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाका स्वास्थ्य परामर्शदातासमेत हुन् । यस्तै बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार प्रेम केसी सम्मानित भएका छन् ।
 
विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार मिसन टुडे दैनिक, जी नेपाल टेलिभिजन र विनोेद गौतमलाई प्रदान गरिएको छ ।
 
यस्तै, रेजिना मल्ललाई रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार कृष्ण खनाललाई, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सबै पुरस्कारको राशी जनही ५ हजार रहेको छ ।
 
यस्तै, अग्रजहरुलाई पनि शाखाले सम्मान गरेको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुकेलाई सम्मान गरिएको छ । यस्तै विभिन्न पुरस्कार र अक्षयकोष स्थापना गरेका व्यक्तित्व र प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको छ ।
 
सो अवसरमा अवसरमा आमाद्वय रामकली र चन्द्रकला कुर्मीको नाममा रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका डा. कौशलकुमार बर्मा, आफ्नी आमा बेलमति शर्माको नाममा बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका जीवन शर्मा, आफ्ना पति सूर्यनाथ गौतमको नाममा सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरेकी सुशीला गौतम, आफ्नी श्रीमती माधवी शर्माको नाममा माधवी शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका गोपाल बैरागी तथा आफ्ना बुवा राम आधार र आमा रामप्यारी बर्माको नाममा राम आधार–रामकली पत्रकारिता पुरस्कार स्थापना गरेका माधवराम बर्मालाई सम्मान गरिएको छ ।
 
यस्तै, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताललाई समेत सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय महासचिव रोसन पुरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले सम्मान गरेका हुन् । 
 
कार्यक्रमको उद्घघााटन प्रमुखअतिथि केन्द्रीय अध्यक्ष पोखरेलले पानसमा दियो बालेर गरेका थिए । साथै कार्यक्रममा जानकी गाउँपालिका, खजुरा गाउँपालिकाका अध्यक्ष इश्तियाक शाह र डम्बरबहादुर विक, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेलगायत २०० पत्रकारहरुको सहभागिता रहेको थियो ।


अमेरिकाबाट प्रतिनिधित्व गर्दै आएका नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको १३औँ साधारण सभा सफलता्पूर्वक सम्पन्न भएकोमा बाँके शाखालाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा नेपाल र नेपाल बाहिर रहेका महासंघ सम्बद्व शाखाहरुमा रहेका पत्रकारहरु तथा नेजाको बीचमा एउटा पुलको काम गरेको र आगामी दिनमा संस्थागत सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गरे ।  
 
बाँके शाखाको साधारण सभामा नेपाल अमेरिका पत्रकार संघ (नेजा)लाई समेत सम्झिएकोमा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीसहित न्यानो आतिथ्यताका लागि सम्पूर्ण शाखा परिवारलाई हार्दिक धन्यवाद प्रकटसमेत गरे ।  
 
नेजाले पत्रकार महासंघका सदस्यहरुका लागि दुई लाख २२ हजार २२२ रुपैयाँ राशीको ग्रामीण पत्रकारिता पुरस्कारको व्यवस्था पनि गरेको जानकारी गराए साथै यो पुरस्कारलाई आगामी दिनमा अझै प्रभावकारी र क्षमतावान् पत्रकार, दूरदराजको समाज परिवर्तन गर्ने खालका समाचार, फिचरलाई कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा नेजाले दीर्घकालिन योजना बनाई अघि बढिरहेको बताए । 
 

शेयर गर्नुहोस:

1.2k
Shares