मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सडकआश्रित मानवको उद्धार तथा संरक्षण राज्यको दायित्व : पूर्वप्रधामन्त्रीद्वय

सडकआश्रित मानवको उद्धार तथा संरक्षण राज्यको दायित्व : पूर्वप्रधामन्त्रीद्वय


काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सडकआश्रित मानवहरूको व्यवस्थापनको दायित्व सरकारले लिनुपर्ने बताएका छन् । 
 
सडकआश्रित तथा बेसहारा मानवहरूको उद्धार गरी संरक्षण गर्दै आएको मानवसेवा आश्रमको टोलीले बिहीबार उनीहरूसँग गरेको भेटवार्ताका क्रममा उनीहरूले राज्यले गर्नुपर्ने काम गरेर आश्रमले उदाहरण प्रस्तुत गरेको बताए । 
 
आश्रमको टोलीले आज टोखास्थित डा भट्टराईको निवासमै पुगेर भेटवार्ता गरेको थियो भने नेता झलनाथ खनाललाई आलोकनगरस्थित पार्टी कार्यालयमा भेटघाट गरेको थियो । 
 
भेटका क्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले आश्रमले गरिरहेका गतिविधिबारे जानकारी लिएका थिए । “उनीहरूको व्यवस्थापनको काम राज्यले नै गर्नुपर्ने हुन्छ, तब मात्रै अभियान प्रभावकारी हुन्छ, त्यो नहुँदासम्म तपाईंहरू आफैँले जे अभियान चालिरहनुभएको छ त्यसलाई कायमै राख्नुहोस्”, डा भट्टराईले भने । उनले फरक प्रसङ्ग जोड्दै अस्थिर राजनीतिका कारण मुलुकमा विकासको गति अघि बढ्न नसकेको पनि उल्लेख गरे ।  
 
आलोकनगरमा भएको भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता खनालले यस्तो राम्रो काम गर्ने संस्थालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । सो क्रममा उनलाई आश्रमले १० वर्षमा गरेका गतिविधि समेटेर तयार पारिएको डकुमेन्ट्रीसमेत देखाइएको थियो ।
 
भेटघाटका क्रममा आश्रमका सचिव सुमन बर्तौलाले मानवता प्रवद्र्धनका लागि नेपथ्य ब्यान्डसँग मिलेर आश्रमले मुलुकका १० सहरमा आयोजना गरेको सङ्गीत यात्राअन्तर्गत आजसम्म विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतमा कार्यक्रम सम्पन्न भएको र अब ९ गते बुटवल, १२ गते पोखरापछि १६ गते काठमाडौँमा आएर कार्यक्रम समापन गर्न लागिएको जानकारी दिए । 
 
उक्त कार्यक्रमका लागि उनीहरूलाई आजै निमन्त्रणापत्रसमेत दिइएको सचिव बर्तौलाले जानकारी दिए । रासस  
 

शेयर गर्नुहोस:

81
Shares