ड्यालस (अमेरिका) । विश्वकप फुटबलको माहौल चलिरहेको समयमा धेरैलाई चासो आज तेस्रो स्थानका लागि कस्ले जित्ला र भोलि हुने फाइनलमा यसपटकको कपको दावेदार को होला भन्नेतिर छ ।
यसपटकको विश्वकप कस्ले उचाल्छ भन्नेभन्दा पनि हामीले चर्चा गर्न लागेको विश्वकप विजेताले कति रकम प्राप्त गर्छ भन्ने विषयमा हो । संसारभरिका बहुराष्ट्रिय कम्पनीहरुको लागि विज्ञापन गर्ने सबैभन्दा आकर्षक मेला पनि हो विश्वकप । यही विज्ञापनबाट उठेको रकमबाट विश्वकप विजेता, उपविजेता र सहभागी देशहरुलाई नगद पुरस्कारसमेत फिफाले वितरण गर्छ ।
विश्वकप फाइनलमा जित्ने देशले ४ करोड २० लाख डलर प्राप्त गर्नेछ । फ्रान्स या अर्जेन्टिनामध्ये एकले यो रकम प्राप्त गर्नेछ । यो रकम आजको विनिमय दरअनुसार हिसाब गर्दा ५ अर्ब ४६ करोड रुपैयाँ हुन आउँछ । यो रकमबाट विजेता देशले आफ्ना खेलाडीहरुलाई दामासाहीले वितरण गर्ने चलन छ । बाँकी रकमबाट आफ्नो देशको खेलको विकासका लागि खर्च गर्ने चलन छ ।
दोस्रो हुने देशले तीन करोड डलर प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुनेले दुई करोड २७ लाख डलर प्राप्त गर्नेछ । अमेरिकी समयअनुसार शनिबार बिहान क्रोएसिया र मोरक्को तेस्रो स्थानका लागि भिड्दैछन् । चौथो हुनेले दुई करोड ५० लाख डलर प्राप्त गर्नेछन् ।
क्वाटरफाइनलमा प्रवेश गरेका ब्राजिल, नेदरल्याण्ड, पोर्चुगल र इग्ल्याण्ड हरेकले एक करोड ७० लाख डलर प्राप्त गर्नेछन् । राउण्डमा परेका देशले एक करोड ३० लाख डलर प्राप्त गर्नेछन् । समूह चरणमा रहेका देशले ९० लाख डलर प्राप्त गर्नेछन् ।
विश्वकपमा लागि खेल्न दोहा पुगेका सबै देशले कम्तीमा ९० लाख डलरदेखि लिएर बिजेताले चार करोड २० लाख पाउनेछन् ।
विश्व फुटबल महासंघ (फिफा) ले पुरस्कारका लागि मात्र यसवर्ष ४४ करोड डलर बजेट राखेको छ । यही रकमबाट सहभागी हरेक देशले पुरस्कार पाउनेछन् ।












प्रतिक्रिया