अमेरिका- पत्रकार सरोज काफ्लेलाई पितृशोक परेको छ । उनका पिता परशुराम काफ्लेको बिहीबार आकस्मिक निधन भएको हो । स्वर्गीय काफ्ले ७५ वर्षको हुनुहुन्थ्यो ।
काठमाडौंस्थित निवासमा अकस्मात् अस्वस्थ भएपछि अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको परिवारले जनाएको छ । उहाँको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय काफ्लेका श्रीमती र चार छोरा छन् ।
नेपालमा आर्थिक पत्रकारका रुपमा परिचित नेपाल अमेरिका पत्रकार संघ नेजाका सदस्य सरोज काफ्ले हाल अमेरिका छन् ।
हिमालयखवर परिवार काफ्ले परिवारमा परेको यस शोक प्रति गहिरो दुख्ख व्यक्त गर्दै दिवगंत आत्माको चिरशान्तिको कामना गर्दछौं ।












प्रतिक्रिया