अमेरिका- क्रिप्टोकरेन्सी मार्केट अहिले फेरी संकटमा परेको छ । बजार मूल्यका हिसावले सवैभन्दा ठुलो क्रिप्टोकरेन्सी विट्क्वाइन लगायत साना तिना मूल्य भएका क्रिप्टोकरेन्सीको मुल्य पनि तल झरेको छ ।
केही महिना अघि एउटा विट्क्वाइनको मूल्य झण्डै ७० हजार अमेरिकी डलरसम्म पुगेको थियो । अहिले यो तल झरेर १७ हजार हाराहारीमा छ । क्रिप्टोकेरेन्सी बजारका सवैभन्दा ठुलो खेलाडी मानिएका युवा अर्वपती सैम बैंकमैन फ्रायड (एसवीएफ) वित्तीय असपराधमा पक्राउ परेपछि क्रिप्टोमार्केट थप अस्थिर भएको हो ।
एसवीएफ क्रिप्टोकरेन्सी कारोवार गर्ने थलो एफटीएक्सका सस्थापक हुन् । ३० बर्षिय एसवीएफलाई अमेरिकाको अनुरोधमा बहमासले सोमवार पक्राउ गरेको छ । उनलाई त्यहांको अदालतले धैरौटीमा छाड्न अस्विकार गरेको छ । एफटीएक्सको मुख्य कार्यालय बहमासमा रहेको छ ।
केही साता अघि बिनांसले एफटीएक्स किन्ने समाचार वाहिर आएपछि एसवीएफले गरेको गडवडी वाहिर आउन थालेको थियो । एफटीएक्स र बिनांस प्रतिस्पर्धी पनि हुन् । एफटीएक्सको हरहिसावमा पनि गडवडी भएको आशंका भएपछि एसवीएफ र एफटीएक्स दुवै थप संकटमा परेका थिए । एक रातमा एसवीएफको सम्पत्तिमा अरर्बौ डलरले गिरावट आएको थियो ।
नगदको अभाव भएपनि एफटीएक्सले ११ नोभेम्बरमा टाट उल्टिएको घोषणा गरेको थियो । एफटीएक्सका संस्थापकले गोप्य रुपमा ग्राहकको करिव १० अर्ब डलर आफ्नो टे्रडिगं कम्पनीमा ट्रान्सफर गरेको आरोप लागेको छ । यो रकमको अधिकांश हिस्सा गायव भएको वताईएको छ ।
कुनै बेला करिव ३० अर्व डलरका मालिक एसवीएफले रईस जीवनशैली अपनाउंदै आएका थिए । अहिले लागेको धोकाधडी र वित्तीय अपराधमा उनी दोषी पाइए ११५ बर्षसम्म जेल सजांय हुने छ । अमेरिकी अधिकारीहरुले यसलाई अमेरिकाको इतिहासमा सवैभन्दा ठुलो वित्तीय धोकाधडी भएको वताएका छन् ।












प्रतिक्रिया