ड्यालस (टेक्सस)। नेपाली समाज टेक्ससले सञ्चालन गर्दै आएको ग्लोबल पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईले राजिनामा दिएका छन् ।
लामो समयदेखि नेपाली समाज टेक्सस र यसले सञ्चालन गर्दै आएको पाठशालाका बिभिन्न पदमा रहेर काम गरिसकेका भट्टराईले आइतबारदेखि लागु हुनेगरि राजिनामा दिएका हुन् । ‘मैले अरु कारणले राजिनामा दिएको होइन, आफ्नो विद्यावारिधीको तयारीलाई बढी समय दिनुपर्ने भएपछि केही समयका लागि अलग हुने निर्णय गरेर राजिनामा दिएको हुँ’ भट्टराईले हिमालयखबरसँग भने । भट्टराई सन् २०१० देखिनै स्कुलका बिभिन्न पदहरुमा सकृय छन् ।
प्रिन्सिपल भट्टराईले राजिनामा दिएपछि रिक्त सो पदमा पशुपति तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ । तिमिल्सिना पाठशालामा सहायक प्रिन्सिपल थिए । नेपाली पाठशालालाई विगत दुई वर्षदेखि नेपाली समाजले ग्लोबल पाठशालाका रुपमा अनलाईन प्रविधि जुमबाट सञ्चालन गर्दै आएको छ । त्यसले गर्दा पाठशालामा अमेरिका, युरोप, अष्ट्रेलिया र एसियाकै बिभिन्न देशबाट नेपालीमुलका बालबालिकाहरु अध्यययन गर्दै आएका थिए ।
आइतबारनै नेपाली समाज टेक्ससले प्रिन्सिपल भट्टराईको सम्मानमा बिदाई कार्यक्रम आयोजना गरेको छ । समाजका अध्यक्ष राजेन्द्र वाग्लेले भट्टराईले अहिलेसम्म स्कुललाई पुर्याएको योगदानप्रति प्रशंसा गर्दै विद्यावारिधी पुरा गर्नका लागि शूभकामना समेत दिएका थिए ।

प्रतिक्रिया