मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली मन्दिरको अध्यक्षमा सापकोटा निर्विरोध

नेपाली मन्दिरको अध्यक्षमा सापकोटा निर्विरोध

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । ड्यालस स्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसिएससी) कार्यसमितिको अध्यक्षमा सीता सापकोटाको एकल उम्मेदवारी परेको छ ।
 
उम्मेदवारी दर्ताको लागि आइतबार दिउँसो ३ बजेको समयसीमा भित्र अध्यक्षमा सापकोटाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सापकोटाले यसअघि मन्दिरको बिभिन्न पदहरुमा रहेर काम गरिसक्नुभएको छ । 
 
त्यस्तै मन्दिर कार्यसमितिको सञ्चालन तथा व्यबस्थापन तर्फको उपाध्यक्षमा छबीमणि चापागाई र सञ्चालन तर्फको उपाध्यक्षमा शैलेन्द्र मानन्धरको उम्मेदवारी परेको छ ।

महासचिवमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । डा.परशुराम दाहाल र भेषराज शिवाकोटीले महासचिवमा उम्मेदवारी दिएका छन् । 

 
सचिवमा दीपक भण्डारी र दिनेश ज्ञवालीको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा आमोद श्रेष्ठ र सहकोषाध्यक्षमा राम गमालको उम्मेदवारी परेको छ ।
 
कार्यसमितिमा चुनाब हुने ६ सदस्यहरुमा १४ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि गगन केसी, माला महत, अमरनाथ साह, मिना भट्टराई, नेत्र पाण्डे, अच्युत थापा, सुरज पौडेल, सुवर्ण पोखरेल, डा. लक्ष्मी पौडेल, शरद ओझा, अञ्जु चुडाल, जुबिन राजभण्डारी, मुनेश कँडेल र भोजबहादुर बलायरले उम्मेदवारी दर्ता गरेका छन् । 
 
केन्द्रको मातहतमा हाल अर्भिंगमा पशुपतिनाथ तथा बुद्ध मन्दिर रहेको छ । निकट भविष्यमै युलेसमा भव्य मन्दिर तयार भएर सर्ने तयारी सुरु भैसकेको छ ।
 
ट्रष्टीको अध्यक्षमा दुईको उम्मेदवारीः
यस्तैगरि मन्दिर सञ्चालनको नीतिगत निर्णय गर्ने बोर्ड अफ ट्रष्टीको अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
 
केन्द्रका पूर्ब अध्यक्ष रमेश पोखरेल र नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष डा. प्रेम अधिकारीको उम्मेदवारी परेको छ । हालका ट्रष्टी अध्यक्ष विनय अर्यालले दुई कार्यकाल पुरा गरिसकेको हुँदा नयाँ नेतृत्वका लागि चुनाव हुन लागेको हो ।
 
पोखरेल र डा. अधिकारी दुबै ड्यालसका चीर परिचित समाजसेवी हुन् । मन्दिर स्थापना, नेपाली समुदायको हितमा दुबैको निकै महत्वपूर्ण भूमिका रहेको छ । दुई जनाको उम्मेदवारी परेपछि नेपाली समुदायका अगुवाहरुले मिलेर अघि बढ्न सुझाव दिएका छन् । 
 
ट्रष्टीको अध्यक्षमा दुईको उम्मेदवारी परेपनि अन्य पदमा भने एकएक जनाको मात्र उम्मेदवारी परेको छ । संस्थागत व्यबस्थापन तर्फको उपाध्यक्षमा भुवन आचार्य र लगानी, योजना तथा वित्त व्यबस्थापन तर्फको उपाध्यक्षमा रबिन खनालले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै सचिवमा डा.निर्मला देवकोटाको उम्मेदवारी परेको छ ।
 
उम्मेदवारी फिर्ता लिने समयसीमा भित्र कसैले फिर्ता नलिएमा डिसेम्बर ११ तारिकमा चुनाव हुने निर्वाचन समितिका संयोजक प्रकाश गौतमले जानकारी दिए । परेकोउम्द उम्मेदवारी फिर्ता लिने म्याद डिसेम्बर ७ तारिक बेलुका ५ बजे सम्म रहेको छ ।  निर्वाचन समितिको सदस्यहरुमा विलाश उपाध्याय, धनञ्जय ढकाल र धीरेन गुरुंग छन् । 
 
चुनाव हुँदा झण्डै ६० लाख डलरको नयाँ मन्दिर परियोजना अघि बढ्न कठिन हुने भन्दै मन्दिरका शुभचिन्तकहरूले मिलेर अघि बढ्न सुझाएका छन् ।