मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ड्यालसबाट ३८ जना समता सिनेटर

ड्यालसबाट ३८ जना समता सिनेटर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) काठमाडौंमा सञ्चालित समता स्कुलको सहयोगार्थ आइतबार अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा ३८ जनाले जनही एकहजार डलर सहयोगको घोषणा गरेका छन् । एकहजार डलर सहयोग गर्ने दातालाई ‘समता सिनेटर’ पदबाट विभुषित गरिएको छ ।
 
नेपालका ७७ जिल्लाबाट गरीब र असहाय विद्यार्थीहरु काठमाडौंमा ल्याएर ज्यादै कम शुल्कमा बोर्डिंग स्तरको शिक्षा समताले दिँदै आएको छ । समता स्कुलको कोष अभिवृद्धिका लागि स्कुलका प्रिन्सिलपल उत्तम सञ्जेल सहित चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत यतिखेर अमेरिका भ्रमणमा छन् ।
 
आइतबार ड्यालसको आर्लिंगटनमा आयोजित कार्यक्रममा रेञ्जल होलसेल, रमेश पौडेल, प्रकाश गौतम, सुदिप अघिकारी, कृष्ण पन्त, राम सी पोखरेल, भरत अर्याल, अर्जुन बञ्जाडे, सुमन थापा, राजेन्द्र वाग्ले, माला महत, द्रोण गौतम, केदार तिमिल्सिना, विजय भुसाल लगायत ३८ जना समता सिनेटरबाट विभुषित भएका छन् । नेपाली समाज टेक्ससको आयोजना भएको सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रममा यस क्षेत्रका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । 
 
टिकट बिक्रीबाट संकलित रकमको सबै विवरण आउन बाँकी छ । समता सिनेटर, टिकट बिक्रीबाट संकलित रकम समेत सबै गरेर समता स्कुललाई ५० हजार डलर जति सहयोग गर्ने हाम्रो लक्ष्य हो नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिए । 
 
समता स्कुलले अमेरिकाका बिभिन्न शहरहरुमा पनि यस्तै कार्यक्रम आयोजना गरेर स्कुलको कोष बढाउने योजना अनुसार कार्यक्रम गरिरहेको छ । 
 
कार्यक्रममा कलाकारद्वय मदनकृष्ण र हरिवंशले समता स्कुलका बारेमा प्रकास पार्नुका साथै आफ्नो कलाकारिताले यहाँका नेपाली समुदायलाई निकै मुग्ध बनाएका थिए । विगत केही वर्षयता नेपाली समुदायबाट आयोजना हुँदै आएको कार्यक्रममा निकै पातलो सहभागिता बीच यसपटक भने हल निकै खचखचपूर्ण थियो । 
 
त्यस अवसरमा गायक रामकृष्ण ढकाल, प्रिया भण्डारी लगायतले समेत अाफ्नो प्रस्तुति दिएका थिए ।