मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

उँड्दा उँड्दै आकासमै जहाज जुधे

उँड्दा उँड्दै आकासमै जहाज जुधे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – आकासमा दुई हवाईजहाजहरु ठोक्किएर हुने दुर्घटना विरलै हुन्छन् । कथंकदाचित यस्तो दुर्घटना भैहालेमा त्यसमा जीवित हुने संभावना हुँदै हुँदैन ।

शनिबार अमेरिकाको दक्षिणी राज्य टेक्ससका दुई विमान आकासमै जुधे । ती विमान जुध्दा दुबैमा उँडेका ६ जनाको घटनास्थलमै निधन हुनपुग्यो । अमेरिकी सेनाका दुई जहाजहरु ‘एअर–शो’ का क्रममा आकासमै जुधेका थिए । 

बोइंग बी–१७ र बेल पी–६३ दुई जहाज एअर शो का क्रममा आकासमै जुध्न पुगेका थिए । ती दुबै ऐतिहासिक सैनिक जहाज थिए । जहाज जुधेपछि एउटा चाँहि दुई टुक्रा भएर जमिनमा झरेको थियो भने अर्को टुक्राटुक्रा भएर झरेको थियो । 

ड्यालस नजिकैको ‘ड्यालस एक्जुकेटिभ एअरपोर्ट’ मा यो दुर्घटना भएको थियो ।