मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

होकुलको जितमा आप्रवासी तल्लो वर्गको निर्णायक भुमिका

होकुलको जितमा आप्रवासी तल्लो वर्गको निर्णायक भुमिका


शेयर गर्नुहोस:

918
Shares

  • change font
  • change font
  • change font

न्यूयोर्क। करिब ५ प्रतिशतको झिनो मतान्तरले गभर्नर बनेकी न्यू योर्क राज्यकी क्याथी होकुलको जितमा आप्रवासी र तल्लो वर्गको निर्णायक भुमिका देखिएको छ।
 
नोभेम्बर ८ मा भएको निर्वाचनमा डेमोक्रेटिक उमेद्वार होकुलले करिब ३ लाख २२ हजार मत पाएका थिए भने उनका प्रतिद्धन्दी लि जेल्डिनले झण्डै २७ लाख मत पाएका थिए। कूलमध्ये कम्तिमा ४ प्रतिशत मत वर्किङ फेमिलिज पार्टि (डब्लुएपपि) पाएको थियो। डब्लुएफपिसँग नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको ड्रम बिट्सले होकुलसहित आप्रवासी तथा कामदार वर्गप्रति उदार नीति राख्ने उमेद्वारको पक्षमा चुनावी अभियान गरेको थियो।
 
ड्रम बिट्सले विज्ञप्तिमार्फत भनेको छ, ‘हाम्रा सदस्यसहित आप्रवासी र विभिन्न जातीय समुदायका कामदार वर्ग संगठित भएर हाम्रो जीवनका लागि संघर्षमा उत्रिए र निर्दयी, जातिवादी, महिला विरोधी, एलजिबिटिक्युआईप्लस समुदाय विरोधी र कामदार वर्गको हित विपरित नीति लिने अति दक्षिणपन्थी रिपब्लिकनबाट हाम्रा समुदायलाई जोगाउन आवश्यक भोट सुरक्षित गरे।’
 
ड्रम बिट्स साउथ एशियन तथा इन्डो करेबियन समुदायसँग राजनीतिक शक्ति निर्माणका लागि काम गर्ने सी फोर संस्था हो। एक्स्क्लुडेड वर्कर्स फण्ड लगायतका माग अस्वीकार गरेकाले यो संस्थाले क्याथी होकुललाई आफ्ना उमेद्वारका रुपमा अगाडि नसारे पनि चरम दक्षिणपन्थी मानिएका रिपब्लिकन उमेद्वार लि जेल्डिनलाई रोक्न होकुलको पक्षमा डब्लुएफपिसँग मिलेर काम गरेको थियो। ड्रम बिट्सले आफ्ना सदस्यसँग होकुल र आप्रवासी तथा तल्लो वर्गप्रति उदार नीति राख्ने उमेद्वारको पक्षमा ‘फोन बैंकिङ’ र ‘डोर नकिङ’ गरि भोट मागेको थियो । साथै ‘अर्लि इलेक्सन’ र ‘इलेक्सन’ का दिन मतदानस्थलमा काम गरेको थियो। ड्रम बिट्सले निर्वाचनका बेला विभिन्न उमेद्वारसँग अन्तरक्रिया गर्छ र आफ्नो उदेश्य अनुसारको नीति राख्ने उमेद्वारलाई आफ्नै उमेद्वारका रुपमा अगाडि सार्छ।
 
‘रुपमा तल्लो तहका समुदाय र कामदार वर्गले होकुल र मध्यपन्थी डेमोक्रेटलाई अति धनी दाता वरिपरि घुम्न छाडेर कामदार वर्गको भौतिक वास्तविकतामा सुधार ल्याउन ठोस कदम चाल्न माग गरिरहेका छन्,’ ड्रम बिट्सले विज्ञप्तिमा भनेको छ, ‘होकुल र मध्यपन्थीहरुले डेमोक्रेटका लागि आम उदासीनता खडा गरिदिएका छन्, जसले अपराध, बेल रिफर्म, गर्भपतन र एलजिबिटिक्युआइप्लस समुदायका सम्बन्धमा प्रतिक्रियावादी आख्यान निर्माण गर्न सहयोग पु¥याइरहेको छ।’
 
ड्रम बिट्सले होकुलको झिनो मतको विजय आगामी दिन कसैका लागि सजिलो नभएको प्रष्ट सन्देश भएको जनाएको छ। उसले होकुलको पद र डेमोक्रेटिक मेजोरिटी कायम राख्न खेलेको निर्णायक भुमिकाप्रति कामदार वर्ग, आप्रवासी अश्वेत समुदायलाई धन्यवाद दिएको छ।
 
‘हाम्रा आप्रवासी सदस्यहरुले फोन गरेर भोट दिन उत्साहित नगरेका थिए भने, र मतदानस्थलमा मत माग्दै हामी उपस्थित नभएको भए निर्वाचनको नतिजा धेरै फरक देखिन्थ्यो,’ ड्रम बिट्सले भनेको छ, ‘होकुल र मध्यपन्थी डेमोक्रेटले उनीहरुलाई विजय गराउने कामदार वर्ग, जसले धेरै समस्या झेलिरहेको छ, उनीहरुको जीविकामा वास्तविक सुधार ल्याउनुपर्छ।’
 
 
 
 

शेयर गर्नुहोस:

918
Shares