अमेरिका – संयुक्त राज्य अमेरिकाले नेपाल सहित अरु पांच देशका नागरिकलाई दिएको टेम्प्रोररी प्रोटेक्ट स्टेट्स (टीपीएएस)को अवधि जुन, ३० २०२४ सम्म थप गरेको छ ।
नेपालसंगै एल साल्भाडोर, हाईटी, निकारागुवा, सुडान र हन्डुरसलाई दिएको टीपीएस सहुलियतको समय बृद्धि गरिएको अमेरिकाको सिटिजन्ससिप एण्ड इमिग्रेशन सर्भिसेजले जनाएको छ । यी देशका नागरिकले पाएको टीपीएस सहुलियत १८ महिना थप गरिएको हो ।
यो निर्णयले ३१ डिसेम्बर २०२२ मा टीपीएसको अवधि समाप्त हुने छैन । अमेरिकामा रहेका नेपालका नागरिकलार्य महाभुकम्पका कारण टीपीएस दिईएको थियो । अन्य देशका नागरिकलाई पनि यस्तै दैबी प्रकोका कारण टीपीएस सहुलियत दिईएको थियो । ती देशमा फर्किन अझै पनि उपयुक्त वातावरण वनिनसकेको आधारमा टीपीएसको समय थप गरिएको हो ।
डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरिटिजले टीपीएसको समय थप गरिएको सुचना अर्को साता आउने समाचार संस्था रोयटर्सले जनाएको छ ।
नेपालवाट अमेरिका आएका करिब १० हजारले टीपीएस पाएका थिए । अहिले टीपीएसमा कतिजना नेपाली छन, यो स्पष्ट छैन ।
टीपीएस हुनेले नेपाल जान आउन र अमेरिकामा काम गर्न पाउंछन् । तर, यस आधारमा परिवार ल्याउन भने सक्दैनन् । कयौं नेपाली अहिले पनि टीपीएसमा नेपाल जाने आउने र यहां काम गर्दै आएका छन् ।












प्रतिक्रिया